शनिबार, फागुन ३०, २०८२

अमेरिकाको सर्वोच्च अदालतमा फोनमार्फत सुनुवाइ

यो अभ्यास विश्वमै पहिलोपटक भएको दाबी अधिकारीहरुको छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

वासिङ्टन- कोरोना भाइरस महामारीका कारण अमेरिकाको सर्वोच्च अदालतले फोनबाटै सुनुवाइ थालेको छ।
मानिसको भौतिक उपस्थिति विना फोनमार्फत आवाज मात्रै पुर्याएर सुनुवाइ गरिएको घटनालाई अनौठो घटनाका रुपमा लिइएको छ ।

National life

सम्भवतः यो अभ्यास विश्वमै पहिलोपटक भएको दाबी अधिकारीहरुको छ। कोरोना भाइरस संक्रमण त्रासका कारण सुनुवाईको परम्परागत शैली परिवर्तन गरेर यस्तो नयाँ शैली अपनाउनुपरेको हो।

अदालतको सुनुवाइ कक्षमा कोरोना भाइरसको संक्रमण खतरा बढी भएको अधिकारीहरूको भनाइ छ। अदालतमा विषेश गरेर छ जना न्यायाधीश ६५ वर्ष वा सोभन्दा बढी उमेरका भएकाले संक्रमणको खतरा बढी रहेको ठानिएको हो। 

फोनबाटै सुनुवाइ गर्ने अभ्यासको सुरुवात सोमबारदेखि गरिएको छ।  पहिलो पटक भएको सुनुवाइमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जोडिएको मुद्दामा बहस भएको थियो । फोनबाट भएको सुुनुवाई अरु दिनजस्तै सोमबार पनि बिहान १० बजेदेखि नै सुरु भएको थियो।

प्रकाशित: May 04, 2020| 20:53 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।