नयाँदिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा वैवाहिक समारोहमा ५० र मृत्यपछि अन्तिम संस्कारका लागि २० जना मात्र सहभागी मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिल्लीवासीलाई आग्रह गरेका छन्।
“कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका समय अवउप्रान्त हुने वैवाहिक समारोहमा ५० र अन्तिम संस्कारका लागि २० व्यक्तिभन्दा बढी सहभागी हुन निषेध गरिएको छ,” मुख्यमन्त्री केजरीवालले भिडियो सम्मेलनमार्फत भने।
उनले भने, “सङ्क्रमण रोक्न केन्द्र सरकारले मार्च २४ मा गरेकोे बन्दाबन्दीको निर्णय निकै महत्वपूर्ण थियो। हामीले लकडाउनको पालना गर्दैनथ्यौं भने भारतभर महामारीले डरलाग्दो रूप लिन्थ्यो ।”
अर्थतन्त्रमा समस्या आएपनि सङ्क्रमणलाई नियन्त्रणमा राख्नका लागि भारतका लागि बन्दाबन्दी उत्तम उपाय देखिएको छ। उनले भने, “देशको राजस्व संकलन तीन हजार पाँचसय करोडबाट ३०० करोडमा झरेको छ। सरकारले कसरी काम गर्ला चिन्ताको विषय छ।”
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार दिल्लीमा चार हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने एक हजार २५६ जना निको भएका वा दिल्लीबाट अन्यत्र गएका छन्। दिल्लीमा आइतबारसम्ममा ६४ सङ्क्रमितको मृत्यु भएको छ।
त्यस्तै भारतभर आइतबारमात्र थप ५६४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने कुल ४० हजार २६३ जना सङ्क्रमित छन्। सङ्क्रमितमध्ये एक हजार ३२३ जनाको मृत्यु भइसकेको छ भने १० हजार ८८६ जना निको भई घर फर्किएका छन्।