मंगलबार, साउन १२, २०८३

भारतमा दुई साता थपियो लकडाउन

मन्त्रालयका अनुसार भारतमा अब मे १७ (जेठ ४ गते) सम्म कायम रहनेछ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

भारतमा बन्दाबन्दी (लकडाउन) दुई साता थप भएको छ। बीबीसीका अनुसार केन्द्रीय गृह मन्त्रालयले देशभर लकडाउन थपिने घोषणा गरेको हो।

मन्त्रालयका अनुसार भारतमा अब मे १७ (जेठ ४ गते) सम्म कायम रहनेछ।

लकडाउन बढाइए पनि ओरेन्ज र ग्रिन जोनमा खुकुलो बनाइएको छ। यद्यपि, पूरै देशमा हवाईजहाज, रेल, मेट्रो तथा एक राज्यबाट अर्को राज्यमा सडक मार्गबाट आवतजावत गर्न रोक लगाइएको छ।

शिक्षण संस्था, तालिम प्रदायक संस्था आदि धेरै भिडभाड हुने स्थान पनि बन्द रहनेछन्।

 

प्रकाशित: May 01, 2020| 18:56 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।