सोमबार, वैशाख २८, २०८३

‘जर्मनीमा कोरोना संक्रमित १० गुणा बढी हुन सक्छन्’

जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या आधिकारिक रुपमा बताइएको भन्दा १० गुणा बढी हुन सक्ने एउटा अध्ययनले देखाएको छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या आधिकारिक रुपमा बताइएको भन्दा १० गुणा बढी हुन सक्ने एउटा अध्ययनले देखाएको छ।

National life

बान युनिभर्सिटीले गरेको एक अध्ययन प्रतिवेदनअनुसार जर्मनीमा वास्तविक संक्रमितको संख्या अहिले सार्वजनिक गरिएको भन्दा १० गुणा बढी हुनसक्छ। उक्त अध्ययनअनुसार जर्मनीमा १८ लाख मानिस कोरोना संक्रमित हुन सक्छन्।

यो अध्ययन जर्मनीको हेन्सवर्ग सहरमा गरिएको हो, जुन सहर कोरोनाबाट नराम्रोसँग प्रभावित छ। यस अध्ययनका अनुसार कोरोना भाइरस संक्रमित हरेक ५ मध्ये एकजनामा कुनै लक्षण देखिएको छैन।

अहिलेसम्म आधिकारिक रुपमा जर्मनीमा १ लाख ६० हजार कोरोना संक्रमित रहेको बताइएको छ। त्यस्तै मृतकको संख्या ७ हजार नाघेको छ। छिमेकी देशहरु इटाली, स्पेन, फ्रान्सको तुलनामा जर्मनीमा कम मृत्यु भएको छ।

बीबीसी

 

प्रकाशित: May 04, 2020| 23:20 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।