मंगलबार, साउन १२, २०८३

अमेरिकामा कोरोनाबाट एक लाखसम्मको ज्यान जान सक्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको देशमा कोरोना भाइरसबाट करिब १ लाखको ज्यान जान सक्ने चेतावनी दिएका छन्।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको देशमा कोरोना भाइरसबाट करिब १ लाखको ज्यान जान सक्ने चेतावनी दिएका छन्।

अहिलेसम्म त्यहाँ करिब ६९ हजारको ज्यान गइसकेको छ। सबैभन्दा बढी मृत्यु न्युयोर्कमा भएको छ।

त्यसैगरी संक्रमितको संख्या ११ लाख ८० हजार नाघेको छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २४ हजार ६ सय ६३ जना संक्रमित थपिएका छन् भने १ हजार ३ सय १८ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर २ लाख ५१ हजार ३ सय ६५ पुगेको छ। पछिल्लो २४ घण्टामा अर्थात् सोमबारमात्रै ४ हजार ९० जनाले ज्यान गुमाएका छन् ।

२१२ फैलिएको कोरोनाबाट अहिलेसम्म ३५ लाख ८० हजार २ सय ४७ जना संक्रमित भएका छन् । सोमबार एकै दिनमा ७९ हजार ५ सय ५ जनामा संक्रमण पुष्टि भएको छ।

 

प्रकाशित: May 05, 2020| 08:10 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।