भारतमा कोरोना भाइरस रोग (कोभिड–१९)बाट पछिल्लो २४ घन्टामा २३ जनाको ज्यान गएको र एक हजार सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ।
श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी कोरोना माहामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप गर्ने भएको हो।
बजारमा चहलपहल नभएपछि दैनिक ज्यालादारीलगायत अन्यलाई खानाको समस्या नहोस् भनेर विभिन्न संघसंस्था र व्यवसायिक समूहले निःशुल्क ‘राइस एटीएम’को व्यवस्था गरेका हुन्।