अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको नयाँ संक्रमण फैलिएको छ।
त्यहाँका स्वास्थ्यमन्त्री इटेनी लोगोडोलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार पश्चिमी सहर म्बानडाकामा इबोलाबाट चार जनाको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा औषधि लिएर स्वास्थ्यकर्मी गएका बीबीसीले जनाएको छ।
कंगोले अप्रिलमा इबोला उन्मूलन भएको घोषणा गर्ने तयारी गरिरहेको थियो। तर, अप्रिल अन्तिम सातामा नयाँ संक्रमण देखा परेको छ।
कंगो कोरोना भाइरसको महामारीबाट पनि लडिरहेको छ।