शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • एक व्यवसायी यस्ताः मजदुरलाई दुई महिना पालेर तलबसहित विमानबाट घर पठाए

एक व्यवसायी यस्ताः मजदुरलाई दुई महिना पालेर तलबसहित विमानबाट घर पठाए

दिल्ली नजिक कृषि फर्म सञ्चालन गर्ने एक कृषकले आफ्नो फर्ममा काम गर्ने मजदुरलाई बन्दाबन्दीका दुई महिना आफ्नै घरमा राखेपछि तलबसहित विमान चढाएर विदा गरेका छन्।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

एजेन्सी- भारतको दिल्ली नजिक कृषि फर्म सञ्चालन गर्ने एक कृषकले आफ्नो फर्ममा काम गर्ने मजदुरलाई बन्दाबन्दीका दुई महिना आफ्नै घरमा राखेपछि तलबसहित विमान चढाएर विदा गरेका छन्।

National life

विहीबार विहान दिल्लीबाट विमान चढेर पटना पुगेका १० मजदुरमध्येका नवीन र महेशले आफ्नो जीवनमा विमान चढ्न पाइएला भन्ने कहिल्यै नसोचे पनि चढ्न पाएको बताएका छन्।

भारतीय दैनिक पत्रिका दैनिक भास्करको अनलाईन संस्करणले उल्लेख गरे अनुसार पटनाबाट गाउँसम्म पुग्नका लागि गाडी रिजर्भ गर्न ती व्यवसायीले प्रति मजदूर तीन तीन हजार भारु पनि दिएका थिए।

लकडाउनमा व्यवसाय, उद्योग बन्द भएपछि सञ्चालकले मजदुरलाई रित्तै विदा गरेका र मजदुरहरु सयौं किलोमिटर हिंडेर घर फर्किरहेको समाचार आइरहेका बेला यो एउटा सुखद आश्चर्यको समाचार बनेको छ।

दिल्लीको बख्तावरपुर क्षेत्रमा पर्ने तिग्गीपुरमा च्याउ खेती गर्ने कृषि व्यवसायी पप्पन सिंह गहलोतले व्यवसाय बन्द हुँदा पनि बिहारबाट आएका १० जना मजदुरलाई आफ्नै घरमा राखे, खाना ख्वाए र यसबीच उनीहरुको तलब पनि घरमा पठाइदिए।

Laxmi sunrise bank
kumari

विहारका करिब ५० मजदुर उनको फर्ममा खेतीका लागि वर्षेनी अगस्तमा गएर मार्चमा फर्कने गर्छन्।

तीमध्ये धेरै मजदुर होलीका बेला घर फर्किसकेका थिए भने काम बाँकी भएकाले केही फर्कन पाएका थिएनन्। ‘हामी पनि मार्चको अन्तिममा फर्कने कुरा थियो तर, लकडाउनमा फस्यौं,’ ती मजदुरले भनेका छन्, ‘हिंडेरै फर्कने तयारीमा थियौं तर, गहलोतजीले खान बस्न दिन्छु नजाओ भनेपछि त्यही बस्यौं। उहाँले खान बस्न मात्रै होइन, लकडाउनका बेला तलब हाम्रा घरमा पठाइदिनु भयो।’

रेल सेवा सुरु भएपछि आफूहरु रेलमै फर्कन चाहे पनि गहलोतले संक्रमणको जोखिम हुने भन्दै विमानबाट पठाएको ती मजदुरहरुले बताएका छन्। ‘उहाँले हामी सबैको कोरोना परीक्षण गराउनु भयो र विमानमा चढाएर पठाउनुभयो।’

‘मैले कर्तब्य पूरा गरें’

कृषि व्यवसायी गहलोतका अनुसार करिब ३० वर्षदेखि विहारको समस्तीपुर वरपरबाट उनीकहाँ श्रमिकहरु जाने गरेका छन्। अहिलेका श्रमिक दोस्रो पुस्ताका हुन्।

श्रमिक ट्रेन र बसको भीडमा संक्रमणको जोखिम हुने भएकोले आफूले श्रमिकलाई विमानमा पठाएको उनले बताएका छन्। ‘मैले सामान्य मानवीय धर्म निर्वाह गरेको हुँ। आफ्नो कर्तब्य पूरा गरें।’

प्रकाशित: May 29, 2020| 13:35 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।