सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चार करोडभन्दा बढी अमेरिकीले मागे सरकारसँग बेरोजगारी भत्ता

चार करोडभन्दा बढी अमेरिकीले मागे सरकारसँग बेरोजगारी भत्ता

कोरोना भाइरसको महामारीका कारण उद्योग तथा व्यापार बन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रतिदिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन्।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

कोरोना भाइरसको महामारीका कारण उद्योग तथा व्यापार बन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रतिदिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन्।

National life

प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम भरेका छन् । गत हप्तामा २१ लाख अमेरिकीले यो फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकाको श्रम विभागले सो जानकारी दिएको हो । अघिल्लो हप्ता अर्थात् गएको मे २३ अघिसम्मको तथ्यांकमा २१ लाख नागरिकले आफूहरु बेरोजगार भएको भन्दै यो फाराम भरेका जनाइएको छ ।

त्यसैगरी त्यो भन्दा पनि अघिल्लो हप्ता अमेरिकाका २४ लाख मानिसले यस्तो बेरोजगारी भत्ताको फाराम भरेकोमा अहिले थप २१ लाखले यो फाराम भरेको यहाँको श्रम विभागले जानकारी दिएको हो ।

अधिकारीहरुले यसरी अमेरिकाका नागरिकले पहिलो पटक सवैभन्दा धेरैले बेरोजगारी भत्ताका लागि फाराम भरेको देखिएको बताएका छन् । पछिल्लो विवरणमा अहिलेसम्ममा ४ करोड १ लाख नागरिकले बेरोजगारी भत्ताको माग गरेका छन् ।

यो बेरोजगारहरुको वृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको यहाँका अर्थ क्षेत्रका अधिकारीहरुले जानकारी दिएका समाचारमा उल्लेख गरिएको छ । अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् । गत मार्च महिनामा सात लाख दश हजार मानिसले रोजगारी गुमाएका थिए ।

कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सामाजिक दुरी कायम गर्नुपर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकाले यहाँका ३० करोड भन्दा बढी मानिस घरमै बसेका एक तथ्यांकले देखाएको छ ।
यहाँ हालै मात्र सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको देखिएको छ ।

बेरोजगारको संख्या बढ्दै जाने र उद्योग व्यापार बन्द हुदै जाने गरेकाले अमेरिकी सरकारले विभिन्न राहतका प्याकेजहरुको पनि घोषणा गरेको समााचारमा जनाइएको छ ।
रासस

प्रकाशित: May 29, 2020| 12:00 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।