बुधबार, साउन १३, २०८३

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

कोरोनाबाट मृत्यु हुने देशमा अमेरिका पहिलो नम्बरमा छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ। कोरोनाबाट मृत्यु हुने देशमा अमेरिका पहिलो नम्बरमा छ।

कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक अपडेट गरिरहेको वेबसाइट वर्लडओमिटरका अनुसार त्यहाँ कोरोना संक्रमितको कुल संख्या भने १७ लाख ११ हजार छ। यीमध्ये ४ लाख ६७ हजार भने निको भएका छन्।

गएको डिसेम्बर अन्तिम साता चीनबाट सुरु भएको यो भाइरस विश्वभर फैलिसकेको छ।

अहिलेसम्म यसबाट संक्रमित हुनेको संख्या ५६ लाख ३४ हजार छ भने ३ लाख ४९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। करिब २४ लाख भने संक्रमित भएर पनि निको भएका छन्।

प्रकाशित: May 26, 2020| 22:19 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।