शनिबार, फागुन ३०, २०८२

नयाँ संक्रमण देखिएपछि कोरियाले बन्द गर्‍यो २५१ स्कुल

कोरोना भाइरस (कोभिड-१९)संक्रमणका नयाँ घटना देखिएपछि दक्षिण कोरियाले २५१ स्कुल पुनः बन्द गरेको छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

कोरोना भाइरस (कोभिड-१९)संक्रमणका नयाँ घटना देखिएपछि दक्षिण कोरियाले २५१ स्कुल पुनः बन्द गरेको छ।

National life

केही समयअघि संक्रमणका घटनामा कमी आएपछि यहाँका प्राथमिकत विद्यालयहरु खुलेका थिए।

दक्षिण कोरियामा पछिल्लो २४ घन्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि हिजो ७९ जनामा संक्रमण देखिएको थियो। यीमध्ये सबैभन्दा बढी संक्रमण पश्चिम कोरियाको बुचनस्थित एक डिस्ट्रिब्युसन सेन्टरमा देखिएको छ। बुचन बढी जनघनत्व भएको क्षेत्र हो। जसकारण यहाँ अधिकारीको चिन्ता बढेको छ।

संक्रमणको डरले बुचन सहरका २५१ स्कुल पुनः बन्द गर्नुपरेको छ। यस्तै, सयौं स्कुलले पुनः सञ्चालन गर्ने योजना पनि रद्द गरेका छन्।

स्वास्थ्य विभागले पहिले लगाइएका कतिपय प्रतिबन्ध पुनः लागू गरेको छ भने सरकारले आगामी दुई हप्तासम्म सामाजिक दूरीको गम्भीरतासँग पालना गरिने बताएको छ।

Laxmi sunrise bank
kumari

स्थानीय प्रशासनले सोलका सबै सार्वजनिक पार्क तथा म्युजियम बन्द गर्ने निर्णय गरेको छ। यस्तै, सबै सहरमा व्यापार तथा काम गर्ने मानिसलाई कम समय काम गर्न आग्रह गरेको छ। साथै मानिसलाई एक ठाउँमा जम्मा हुन पनि रोक लगाएको छ।

दक्षिण कोरियामा लकडाउन लागू गरिएको थिएन। बरु, यस महामारीको रोकथामका लागि कन्ट्याक्ट ट्रेसिङ तथा अधिक टेस्ट गरेको थियो।

सरकारले सामाजिक दूरी कायम गर्न दिएका निर्देशन बाध्यकारी थिएनन्। मानिसले स्वेच्छाले त्यसको पालन गरिरहेका थिए। त्यसको एक कारण त्यहाँको स्वास्थ्य विभागद्वारा जारी गरेको सन्देश थियो। जसमा भनिएको थियो– मानिसले धेरै सावधानी अपनाउनुहोला ताकि हाम्रा बालबालिका स्कुल जान सकुन् तथा उनीहरुको पढाईमा केही बाधा नआओस्।

प्रशासनको यो आग्रह पहिले जनताले पालना गरेकाले यस पटक पुनः साथ पाउने स्वास्थ्य विभागले अपेक्षा गरेको छ।

बीबीसी

 

प्रकाशित: May 29, 2020| 10:32 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।