सोमबार, वैशाख २८, २०८३

कोरियामा 'नो मास्क नो राइड'

कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि मास्क अनिवार्य गरिएको छ ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि मास्क अनिवार्य गरिएको छ ।

National life

‘नो मास्क, नो राइड’ भन्ने नयाँ नियमानुसार ट्रेन, बस र ट्याक्सीमा यात्रा गर्ने यात्रु तथा चालकले समेत अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।

मास्क प्रयोग नगरी यात्रा गरे-गराएमा कारवाही हुने रोग नियन्त्रण महाशाखा केसिडीसीले बताएको छ । नियम उल्लङ्घन गर्ने यात्रुलाई यात्रामा प्रतिबन्ध लगाइ कानूनअनुसार कारवाहीसमेत गरिने नियममा उल्लेख छ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा यात्रा गर्ने यात्रुलाई भने आजदेखि यो नियम लागू हुने जनाइएको छ । सार्वजनिक यातायातबाट कोरोना सङ्क्रमण फैलिने जोखिमदर उच्च हुने भएकाले सङ्क्रमण नफैलियोस् भनेर यो नियम जारी गरिएको जनाइएको छ ।

नियमानुसार मास्क नलगाइ यात्रा गर्न चाहने यात्रुलाई बस वा ट्याक्सी चालकले यात्रामा रोक लगाउनसमेत सक्नेछन् ।

यससँगै केही अघि मात्र इथेवन शहरको एक रात्रि क्लबबाट सङ्क्रमण फैलिएपछि यहाँका क्लब तथा बारहरु पनि बन्द गरिएका छन् ।

कोरियामा ११ हजार २२५ कोरोना सङ्क्रमित छन् भने १० हजार २७५ बढी निको भएर घर फर्किसकेका छन् । हालसम्म कोरियामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६९ रहेको छ ।

रासस

प्रकाशित: May 27, 2020| 11:03 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।