मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चीन र अमेरिकालाई नयाँ शीत युद्धमा धकेल्ने प्रयास हुँदैछ : वाङ

चीन र अमेरिकालाई नयाँ शीत युद्धमा धकेल्ने प्रयास हुँदैछ : वाङ

चीनका विदेशमन्त्री वाङ यीले अमेरिकाले चीनसँगको सम्बन्धलाई नयाँ शीत युद्धतर्फ धकेल्न खोजेको बताएका छन्।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

चीनका विदेशमन्त्री वाङ यीले अमेरिकाले चीनसँगको सम्बन्धलाई नयाँ शीत युद्धतर्फ धकेल्न खोजेको बताएका छन्।

उनले भने, ‘अमेरिकाका केही राजनीतिक शक्तिहरुले चीन–अमेरिका सम्बन्धलाई आफ्नो पकडमा लिँदैछन् र दुई देशलाई नयाँ शीत युद्धको स्थितिमा लैजान खोज्दैछन्। यो खतरनाक कोसिस हो।’

उनले थपे, अमेरिकालाई बदल्न चीनको कुनै रुची छैन। अमेरिकाले पनि विकासको बाटोमा अघि बढिरहेको चीनलाई बदल्न सक्दैन ।’ अमेरिका र चीनको राजनीतिक व्यवस्था अलग भएको बताउँदै विदेशमन्त्री यीले त्यो जनताले नै तय गरेको व्यवस्था भएको स्पष्ट पारेका छन्।

दुई देशबीच महत्वपूर्ण मुद्दाहरुमा सरसल्लाहको जरुरत रहेको पनि चिनियाँ विदेशमन्त्रीले बताएका छन्। चीन र अमेरिकाबीच आपसी सहयोगको परम्परा रहेको र यो परम्परा कोरोना महामारीको दौरानमा पनि कायम रहेको उनले बताएका छन्।

उनले भने, ‘कोभिड–१९ को महामारी सुरु हुने बेलामा हामीले मेडिकल सामग्री लगायत अन्य सहयोग आदानप्रदान गरेका छौं । चीनले १२ अर्बभन्दा बढी मास्क अमेरिका पठाइसकेको छ। तर, दुःखको कुरा अमेरिकामा राजनीतिको भाइरस फैलिएको छ।’

बीबीसी

प्रकाशित: May 24, 2020| 14:50 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।