सोमबार, वैशाख २८, २०८३

लकडाउनले डुब्याे ल्याटिन अमेरिकी एयरलाइन्स ‘लाटाम’

ल्याटिन अमेरिकाको ठूलो मध्येको एक एयरलाइन्स कम्पनी ‘लाटाम’ लकडाउनले गर्दा डुबेको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं– ल्याटिन अमेरिकाको ठूलो मध्येको एक एयरलाइन्स कम्पनी ‘लाटाम’ लकडाउनले गर्दा डुबेको छ।

National life

लाटाम एयरलाइन्स ग्रुपले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ को प्रभावले गर्दा डुबेको बताएको हो।

अमेरिकाका साथै चिली, पेरू, कोलम्बिया र इक्वाइडरमा रहेको एयरलाइन्सले सहयोगको लागि अमेरिकासँग अपिल पनि गरेको छ।

‘लाटाम’ कोभिड–१९ महामारीले थला पर्ने पछिल्लो कर्पोरेट कम्पनी बनेको छ।

लाटामका प्रमुख कार्यकारी अधिकृत रोर्बट आल्भोले भन्छन्, “सोच्दै नसोचिएको घटनाले कम्पनी उठ्नै नसक्ने गरी थला परेको छ, यसलाई उठाउन सबैको साथको अपेक्षा गरेका छौं।”

बैंक ऋण तिर्न सहयोग पाए सेवा पुनः सुरू गर्ने कम्पनीले जनाएको छ। एयरलाइन्सले विभिन्न देशका व्यवसायीलाई शेयर किन्न प्रस्ताव पनि गरेको छ।

प्रकाशित: May 26, 2020| 16:43 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।