शनिबार, फागुन ३०, २०८२

कोरोना भाइरसबाट चीनमा भन्दा बढी मृत्यु भारतमा

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चीनमा भन्दा बढी मृत्यु भारतमा भएको छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चीनमा भन्दा बढी मृत्यु भारतमा भएको छ।

National life

आज शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार भारतमा यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ७११ पुगेको छ। त्यहाँ कोरोनाको संक्रमण र मृत्यु बढ्दो क्रममा छ।

भारतमा अहिलेसम्म १ लाख ६५ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ। यीमध्ये करिब ७० हजार भने संक्रमण मुक्त भएका छन्।

भारतले गएको मार्च २४ देखि कोरोना रोकथामका लागि देशभर लकडाउन गरेको छ। ६६ दिन लामो लकडाउन पर्सी मे ३१ देखि सकिँदैछ।

उता, कोरोनाको उद्गम भएको देश चीनमा भने कोरोनाबाट ४ हजार ६३४ जनाको मृत्यु भएको छ। त्यहाँ ८२ हजार ९९५ जनामा संक्रमण भएकोमा ७८ हजार २९१ जना संक्रमणमुक्त भइसकेका छन्।

Laxmi sunrise bank
kumari

चीनमा अहिले कोरोनाका ‘एक्टिभ केस’ ७० मात्र छन्। चीनमा केही सातायता नयाँ संक्रमण देखिएको छैन।

गएको डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका सबैजसो देशमा फैलिसकेको छ। उक्त भाइरसबाट संक्रमित हुनेको संख्या ५९ लाख नाघेको छ।

यीमध्ये ३ लाख ६२ हजारको मृत्यु भएको छ। सबैभन्दा बढी मृत्यु अमेरिकामा १ लाख ३ हजारको भएको छ।

विश्वभर करिब ५४ हजार जनाको स्वास्थ्य अवस्था गम्भिर छ। २५ लाख ७९ हजार भने संक्रमणमुक्त भएका छन्।

तथ्यांक स्रोतः वर्ल्डओमिटर

प्रकाशित: May 29, 2020| 07:43 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।