शनिबार, फागुन ३०, २०८२

बढ्दो महामारीका बीच भारत अब 'अनलक' हुँदै

अर्थतन्त्रमा आइलागेको अप्रत्याशित संकटबाट पार पाउन लकडाउन खोल्ने निर्णयले मानवीय स्वास्थ्यमा भने झन् ठूलो जोखिम निम्त्याएको भन्दै विशेषज्ञहरुले सरकारको आलोचना गरेका छन्।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

एजेन्सी-  भारत सरकारले लकडाउनको पाँचौ चरण सुरु गरेको छ। लकडाउन– ५ अर्थात एक जूनदेखि एक महिनासम्मका लागि दिशा निर्देश जारी गर्दै सरकारले यसलाई यसलाई अनलक– १ भनेको छ।

National life

अर्थात कोरोना महामारीका बीच पनि भारतले बन्दाबन्दी खोल्दै छ।

पहिलो चरणमा ८ जूनपछि धार्मिकस्थल, होटेल, रेष्टूरेन्ट, शपिङ मल खोल्ने स्वीकृति दिइएको छ।

दोस्रो चरणमा जुलाईमा स्कूल, कलेज, प्रशिक्षण संस्था प्रदेश सरकार र अभिभाकहरुसँग छलफलपछि खोल्ने भनिएको छ।

तेस्रो चरण अगस्तमा लागू हुनेछ। यसमा परिस्थितिको विश्लेषण गरेर अन्तर्राष्ट्रिय विमान यात्रा, मेट्रो सेवा, सिनेमा हल, जिम, स्वीमिङ पूल र मनोरञ्जन पार्क आदि खोल्ने मिति घोषणा गरिनेछ।

Laxmi sunrise bank
kumari

जिल्ला प्रशासन केन्द्रले सरकारको दिशानिर्देश अनुसार कंटेन्मेन्ट जोन अर्थात अति प्रभावित क्षेत्र निर्धारण गरेर त्यस्ता क्षेत्रलाई भने पूर्ण बन्द गर्नेछन्। कंटेनमेन्ट जोनमा अति आवश्यक बाहेकका सबै गतिविधि ठप्प हुनेछन्।

त्यसैगरी प्रदेशभित्र र दुई प्रदेशबीचको आवागमनमा कुनै रोक लाग्ने छैन।

यद्यपि, कुनै प्रदेश वा जिल्ला प्रशासनले आवागमनमा रोक लगाउन चाह्यो भने पूर्व सूचना दिएर आवश्यकता अनुसार त्यसो गर्न सक्ने छ।

३० जुनसम्म विवाहमा ५० जनाभन्दा बढी सहभागी हुन पाइने छैन। यो अवधिमा संभव भएसम्म कार्यालय नखोल्न र कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ।

सार्वजनिक स्थलमा, यात्रामा र कार्यस्थलमा मास्क लगाउन अनिवार्य गरिएको छ। त्यस्तै प्रत्येक व्यक्तिले अर्को व्यक्तिसँग दुई मिटरको दूरी बनाउनु पर्ने छ।

अनलक– १ अन्तर्गत सबै गतिविधि चरणबद्ध तरिकाले खोल्नका लागि नयाँ गाइडलाइन जारी गरिएको छ। यद्यपि राति ९ बजेदेखि विहान पाँच बजेसम्मकालागि सबै क्षेत्रका सबै गतिविधिमा रोक लगाइएको छ।

दिल्लीजस्ता केही सहरुहरुमा भने यसअघि नै सार्वजनिक यातायात सुचारु भइसकेका छन्, पसल र कार्यालयहरु खुलिसकेका छन्।

एक लाख ८२ हजार संक्रमित

भारतले बन्दाबन्दी खोल्दै गर्दा त्यहाँ संक्रमणको स्थिति भने भयावह बन्दै छ। गएको २४ घण्टामा मात्रै ८ हजार संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १ लाख ८३ हजार संक्रमित भएका छन्।

यिमध्ये संक्रमणमुक्त हुनेको संख्या करिब ८७ हजार छ। अर्थात् भारतमा अहिले कोरोना भाइरस संक्रमणको सक्रिय केस करिब ८६ हजार छ। संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५ हजार नाघेको छ।

सात लाख किराना पसल बन्द हुने खतरा

बन्दाबन्दीले भारतका ठूला उद्योग र व्यापारिक प्रतिष्ठानमा ठूलो संकट पैदा गरेको छ। यद्यपि यसको सबैभन्दा ठूलो मार साना किराना पसलहरुमा परेको छ।

भारतीय पत्रिका हिन्दूस्तान टाइम्सले उल्लेख गरे अनुसार करिब ७ लाख साना किराना पसल सधैँका लागि बन्द हुने अवस्थामा पुगेका छन्।

सहर बजारका गल्ली र घरहरुमा खुलेका यि पसल बन्द हुँदा करोडौं व्यक्ति बेरोजगार हुनेछन्।

बन्दाबन्दी पूरै खुल्ने हो भने पनि नगदको कमी र संक्रमणको भयले ग्राहक नआउँदा घटने ब्यापार यि पसलका मूख्य चुनौती हुन्। रिपोर्टका अनुसार थोक व्यापारी वा कम्पनीबाट यस्ता पसलले सातदेखि २१ दिनसम्मका लागि उधारोमा सामान पाउँछन्। तर अर्थव्यवस्थामा आएको अनिश्चितताका कारण अब यस्तो उधारो पाउने संभावना पनि निकै कम छ।

त्यसैगरी निम्न र निम्नमध्यम वर्गीय आप्रवासी ग्राहकहरु आ–आफ्ना घर फर्किसकेकाले पनि यस्ता पसलले फेरि ग्राहक पाउन कठिन छ।

खुद्रा व्यवसायीको संगठन क्याटका अनुसार यि पसलमा दूध, पाउरोटी, बिस्किट, साबुन, स्याम्पू, पेय पदार्थ साथै अन्य दैनिक उपभोग्य बस्तु बिक्री हुन्छन्। यस्ता उत्पादन बिक्री नहुँदा उत्पादक ठूला कम्पनीलाई पनि यसको मार पर्नेछ।

रिसर्च एजेन्सी निल्सनका अनुसार भारतमा किराना सामानको बिक्रीमा मूल्यका हिसाबले साना किराना पसलको हिस्सा २० प्रतिशत छ।

अर्थतन्त्रमा आइलागेको अप्रत्याशित संकटबाट पार पाउन लकडाउन खोल्ने निर्णयले मानवीय स्वास्थ्यमा भने झन् ठूलो जोखिम निम्त्याएको भन्दै विशेषज्ञहरुले सरकारको आलोचना गरेका छन्।

प्रकाशित: May 31, 2020| 12:25 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।