सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा दिनहुँ कोरोना संक्रमणको रेकर्ड तोडिँदै, २४ घन्टामा ८३९२ संक्रमित थपिए

भारतमा दिनहुँ कोरोना संक्रमणको रेकर्ड तोडिँदै, २४ घन्टामा ८३९२ संक्रमित थपिए

भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको रेकर्ड दिनहुँ तोडिँदै गएको छ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको रेकर्ड दिनहुँ तोडिँदै गएको छ।

National life

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा त्यहाँ आठ हजार तीन सय ९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यस्तै,  कोरोना संक्रमणबाट दुई सय ३० जनाको ज्यान गएको छ।

यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ९० हजार पाँच सय ३५ पुगेको छ। तीमध्ये पाँच हजार तीन सय ९४ जनाको यसको संक्रमणबाट ज्यान गइसकेको छ।

मन्त्रालयका अनुसार ९१ हजार आठ सय १९ जना उपचार र आरामपछि पूर्णरुपमा निको भएका छन्।

भारतमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य बनेको छ। त्यहाँ ६७ हजार ६ सय ५५ कोरोना संक्रमित भएका छन्। यस्तै, यसको संक्रमणबाट दुई हजार दुई सय ८६ जनाको ज्यान गइसकेको छ। महाराष्ट्रपछि सर्वाधिक प्रभावितको सूचीमा तमिलनाडु, दिल्ली, गुजरात र राजस्थान क्रमशः दोस्रोबाट पाँचौं स्थानमा छन्।

बीबीसी

प्रकाशित: Jun 01, 2020| 11:46 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।