भारतको उत्तर प्रदेश प्रान्तमा कोरोना संक्रमणबाट थप एक मन्त्रीको मृत्यु भएको छ। पछिल्लोपटक मंगलबार राज्यका बाढी नियन्त्रण र राजस्व राज्यमन्त्री विजय कश्यपको मृत्यु भएको हो।
माइक्रोसफ्टका संस्थापक तथा विश्वका चौथो धनी बिल गेट्स फेरि चर्चामा आएका छन्। २० वर्ष पुरानो प्रेम सम्बन्ध र कम्पनीकी महिला कर्मचारीसँगको अन्तरंग क्रियाकलापलाई लिएर बिल चर्चामा आएका हुन्।
इजरायली सेनाले प्यालेस्टाइनकाे गाजा पट्टीमा आइतबार बिहानै गरेको हवाई आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ। हवाई आक्रमणमा झण्डै ५० जना घाइते भएको बताइएको छ।
चीनले प्रक्षेपण गरेको अन्तरिक्षयान जुरोङले मंगल ग्रहमा सफल अवतरण गरेको छ। चिनियाँ सञ्चारमाध्यमहरूले शनिबार जुरोङले मंगलग्रहको सतहमा सफल अवतरण गरेको दाबी गरेका हुन्।
चीनमा बितेको एक दशकमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ। त्यहाँ सोमबार जनगणनाको तथ्यांक सार्वजनिक गरिएको छ, जसमा पछिल्लो दशकको जनसंख्या वृद्धिदर अहिलेसम्मकै न्यून देखिएको छ।