आइतबार, वैशाख २७, २०८३

फिलिपिन्समा सैन्य जहाज दुर्घटना हुँदा १७ जनाको मृत्यु

फिलिपिन्समा आइतबार बिहान भएको सैन्य जहाज दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

एजेन्सी- फिलिपिन्समा आइतबार बिहान भएको सैन्य जहाज दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ। दक्षिण फिलिपिन्समा भएको दुर्घटनामा जल्दै गरेको जहाजबाट ४० जनाको सकुशल उद्धार गरिएको थियो।

National life

९२ जना सवार जहाजमा अधिकांश सैनिक जहाज सवार रहेको अधिकारीहरुले बताएका छन्। जोलो आइल्याण्ड नजिक दुर्घटना भएको हो। दुर्घटनाका घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनास्थलमा अहिलेसमम १७ वटा शव फेला परेको अधिकारीहरुले जनाएका छन्।

सी१३० हर्कुलस जहाज दुर्घटना भएको ठाउँमा निकै कालो मुस्लो देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

त्यहाँको राज्य नियन्त्रित एक समाचार एजेन्सीका अनुसार थुप्रै घरहरु भएको क्षेत्रमा जहाज दुर्घटना भएको थियो। फिलिपिन्सको विद्रोही संगठन अबू सय्याफ समूहविरुद्धको कारबाहीका लागि त्यस क्षेत्रमा जाँदै गरेका सैनिक जवानहरु दुर्घटनामा परेका हुन्।

अधिकारीहरुले जहाज दुर्घटनामा विद्रोहीको आक्रमणको कुनै संकेत प्राप्त नभएको बताएका छन्। तर दुर्घटनामा परेकाहरुको उद्धारपछि यसबारे छानबिन सुरु गरिनेछ। दुर्घटना परेका जवानहरु भर्खरै सैनिक तालिम सकेका युवकहरु छन्।

प्रकाशित: Jul 04, 2021| 10:45 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।