बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नेतान्याहू १२ वर्षपछि प्रधानमन्त्री निवासबाट बहिर्गमित

नेतान्याहू १२ वर्षपछि प्रधानमन्त्री निवासबाट बहिर्गमित

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अहिले उनी प्रमुख विपक्षी दलको नेता बनेका छन्। प्रधानमन्त्री निवासबाट केही सामानहरुसहित ट्रकहरु बाहिरिएका थिए। ती ट्रकहरु शनिबार बेलुकादेखि नै बाहिरिएको देखिएको थियो। प्रधानमन्त्री निवासबाट निस्केपछि उनी शाब्बातस्थित आफ्नै घरमा बस्न लागेका हुन्। 
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

जेरुसेलम- इजरायलका निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले झन्डै १२ वर्षपछि प्रधानमन्त्रीको सरकारी निवास छोडेका छन्। संसद्मा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए। 

National life

 प्रधानमन्त्री पदबाट मुक्त भएको झण्डै एक महिनापछि उनी प्रधानमन्त्री बस्ने सरकारी निवासबाट बाहिरिएका हुन्। प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अहिले उनी प्रमुख विपक्षी दलको नेता बनेका छन्।

इजरायलमा अहिले नाफ्ताली बेन्नेट प्रधानमन्त्री बनेका छन्। उनले जुन १३ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

प्रधानमन्त्री निवासबाट केही सामानहरुसहित ट्रकहरु बाहिरिएका थिए। ती ट्रकहरु शनिबार बेलुकादेखि नै बाहिरिएको देखिएको थियो। प्रधानमन्त्री निवासबाट निस्केपछि उनी शाब्बातस्थित आफ्नै घरमा बस्न लागेका हुन्। -एएनआई

प्रकाशित: Jul 11, 2021| 14:14 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।