बुधबार, फागुन २७, २०८२

हैटीका राष्ट्रपतिको गोली प्रहार गरी हत्या

हैटीका राष्ट्रपति जोभेनेल मोइजको गोली प्रहारबाट हत्या भएको छ। हैटीका अन्तरिम प्रधानमन्त्री क्लोड जोसेफका अनुसार राजधानी पोर्ट-ओ प्रिन्सस्थित सरकारी निवासमै राष्ट्रपतिमाथि गोली प्रहार भएको हो।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

एजेन्सी- हैटीका राष्ट्रपति जोभेनेल मोइजको गोली प्रहारबाट हत्या भएको छ। हैटीका अन्तरिम प्रधानमन्त्री क्लोड जोसेफका अनुसार राजधानी पोर्ट-ओ प्रिन्सस्थित सरकारी निवासमै राष्ट्रपतिमाथि गोली प्रहार भएको हो।

National life

राष्ट्रपति मोइजको स्थानीय समयअनुसार बुधबार दिउँसो १ बजे केही हतियारधारी समूहले आक्रमण गरी हत्या गरेको अन्तरिम प्रधानमन्त्रीले बताएका छन्।

घटनामा राष्ट्रपति मोइजकी पत्नी पनि घाइते भएकी छन्। अन्तरिम मन्त्री जोसेफले आक्रमणकारीविरुद्ध जसरी पनि कारबाही हुने बताएका छन्।

५३ वर्षीय राष्ट्रपति मोइज सन् २०१७ को फेब्रुअरीदेखि सत्तामा थिए। उनले माइकल मार्टलीलाई विस्थापन गरेर सत्तामा पुगेका थिए। मोइजमाथि भ्रष्टाचार गरेको आरोप थियो। केही समययता उनीविरुद्ध प्रदर्शन हुने गरका थिए।

प्रकाशित: Jul 07, 2021| 11:36 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।