बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मोदीले गरे मन्त्रिपरिषद्‍मा ठूलो फेरबदल, ४३ नयाँ मन्त्री नियुक्त

मोदीले गरे मन्त्रिपरिषद्‍मा ठूलो फेरबदल, ४३ नयाँ मन्त्री नियुक्त

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक ठूलो संख्यामा मन्त्रीहरुको फेरबदल गरेका छन्।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक ठूलो संख्यामा मन्त्रीहरुको फेरबदल गरेका छन्।

National life

बुधबार साँझ मोदीले आफ्नो मन्त्रिमण्डलमा एकैपटक ४३ नयाँ मन्त्रीलाई सामेल गराएका हुन्। जसमध्ये १५ क्याबिनेट मन्त्री र २८ राज्यमन्त्री छन्।

सर्वानन्द सोनोवाल, नारायण राणे तथा ज्योतिरादित्य सिन्धियासमेत गरी १५ जनालाई क्याबिनेट मन्त्री बनाइएको छ। सबै मन्त्रीहरुको राष्ट्रपति भवनमा शपथ ग्रहण सम्पन्न भएको छ।

मोदीले फेरबदल गरेको मन्त्रिपरिषद्मा डाक्टर, इन्जिनियर, वकिललगायत विभिन्न प्राविधिक क्षेत्रका सांसदहरु छन्। साथै उनले पुनर्गठित मन्त्रिपरिषद्लाई समावेशी पनि बनाएका छन्।

विस्तारित मन्त्रिपरिषद्मा नारायण राणे, सर्वानन्द सोनोवाल, डा. वीरेन्द्र कुमार, ज्योतिरादित्य सिन्धिया, रामचन्द्र प्रसाद सिंह, अश्विनी वैष्णव, पशुपति कुमार पारस, किरेन रिजिजू, राजकुमार सिंह, हरदीप सिंह पुरी, मनसुख माण्डविया, भूपेन्द्र यादव, पुरुषोत्तम रूपाला, जी किशन रेड्डी र अनुराग सिंह ठाकुर रहेका छन्।

Laxmi sunrise bank
kumari

यसअघि बुधबार नै कानूनमन्त्री रविशंकर प्रसाद, सूचना एवं प्रसारणमन्त्री प्रकाश जावडेकर, स्वास्थ्यमन्त्री हर्षवर्धन, शिक्षामन्त्री रमेश पोखरियाल निशंक तथा श्रममनत्री सन्तोष गंगवारलगायत १२ जना क्याबिनेट मन्त्रीले राजीनामा दिएका थिए।

प्रकाशित: Jul 07, 2021| 14:42 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।