आइतबार, वैशाख २७, २०८३

रसियन जहाज दुर्घटनामा सबै २८ जनाको मृत्यु भएको आशंका

रसियामा आज बेपत्ता भएको जहाज दुर्घटनामा परेको पुष्टि भएको छ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

एजेन्सी- रसियामा आज बेपत्ता भएको जहाज दुर्घटनामा परेको पुष्टि भएको छ।

National life

सुदूरपूर्वको एक विमानस्थलबाट उडान भरको जहाजमा सवार एक बच्चासहित सबै २८ जनाको मृत्यु भएको आशंका गरिएको अधिकारीहरुले जनाएका छन्।

जहाज रसियाको सुदूर पूर्वी काम्चकता पेनिन्सुलाबाट बेपत्ता भएको थियो।

सन् १९८२ देखि उडान भरिरहेको एन्टोनोभ एन-२९ ट्वीनोटर टर्बोप्रोप जहाज क्षेत्रीय राजधानी पेट्रोपाभ्लोभ्सक-कामचत्स्कीबाट उत्तरी कामचत्काको पलाना सहर जाने क्रममा स्थानीय समयअनुसार दिउँसो ३ बजे सम्पर्क विच्छेद भएको त्यहाँका आपतकालीन मन्त्रीले बताएका छन्।

विमानमा २२ यात्रु र ६ चालक दलका सदस्य थिए।

अलजजिराबाट

प्रकाशित: Jul 06, 2021| 13:27 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।