बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मोदीको नयाँ मन्त्रिपरिषद्‍मा १३ वकिल, ५ डाक्टर र ५ इन्जिनियर रहने

मोदीको नयाँ मन्त्रिपरिषद्‍मा १३ वकिल, ५ डाक्टर र ५ इन्जिनियर रहने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ मन्त्रिपरिषद्‍मा वकिल, डाक्टर र  इन्जिनियरले स्थान पाउने भएका छन्।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ मन्त्रिपरिषद्‍मा वकिल, डाक्टर र इन्जिनियरले स्थान पाउने भएका छन्।

National life

मोदीले विस्तार गर्ने मन्त्रिपरिषद्‍मा चार पूर्व मुख्यन्त्रीलाई स्थान दिइनुका साथै १३ जना वकिल, ६ जना डाक्टर र ५ जना इन्जिनियरले स्थान पाउने आजतकले जनाएको छ।

मोेदीले नयाँ मन्त्रिपरिषद्‍मा युवालाई पनि प्राथमिकता दिनेछन्। नयाँ मन्त्रिपरिषद्‍का १४ जना सदस्य ५० वर्षभभन्दा मुनिका रहने आजतकले उल्लेख गरेको छ।

मोदी मन्त्रिपरिषद्‍मा चार मुख्यमन्त्रीका साथै  १८ पूर्व राज्यमन्त्री रहने छन्। जहाँ ३९ जना पूर्व सांसदले पनि स्थान पाउने छन्। यसमा २३ जना सांसद तीन–चार पटक चुनाव जितेर आएका रहेका छन्।

मन्त्रिपरिषद्‍मा वकिल, डाक्टर इन्जिनियरका साथै ७ जना अनुभवी पूर्वसरकारी कर्मचारी रहने छन्। जसमा ४६ जनालाई लामो समयसम्म केन्द्रसरकारसँग काम गरेको अनुभव छ। त्यस्तै मन्त्रिपरिषद्‍मा ११ महिलालाई स्थान दिइने छ।

Laxmi sunrise bank
kumari

मोदी मन्त्रिपरिषद्‍मा ५ जना अल्पसंख्यक मन्त्री रहने उल्लेख गरिएको छ। जसमा १ मुस्लिम, १ शिख, २ बौद्ध र १ इसाई रहने छन्।

मोदी सरकारमा अन्य पिछडिएका क्षेत्रबाट २७ जना मन्त्री रहने छन् जसमा ५ जना क्याबिनेट मन्त्रीका रुपमा रहने छन्। बाँकी राज्यमन्त्री वा सहायक मन्त्रीका रुपमा रहनेछन्। ८ जान सूचीकृत जनजातिमध्ये ३ जनालाई मन्त्रिपरिषद्मा ल्याइने छ।

मन्त्रिपरिषद्‍मा १२ जना सूचिकृत जातिबाट रहने छन्। जसमध्ये २ जनालाई क्याबिनेट मन्त्रीमा ल्याइने छ।
मोदीले नयाँ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपछि वर्तमान मन्त्रिपरिषद्का मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेका छन्।

प्रकाशित: Jul 07, 2021| 10:59 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।