बुधबार, फागुन २७, २०८२

चट्याङ लागेर भारतमा सेल्फी खिच्दै गरेका ११ को मृत्यु

भारतको जयपुरमा चट्याङ लागेर आइतबार कम्तीमा ११ जनाको ज्यान गएको छ। पीडितहरूले १२औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेका बेला चट्याङ खसेको थियो।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

भारतको जयपुरमा चट्याङ लागेर आइतबार कम्तीमा ११ जनाको ज्यान गएको छ। पीडितहरूले १२औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेका बेला चट्याङ खसेको थियो।

National life

किल्ला आसपासमा २७ जना रहेकोमा ११ जनाको मृत्यु भएको छ। अन्य केही जना घाइते भएका छन्।

दुर्घटनाको समयमा करिब २७ जना मानिस किल्लाको छतमा र पर्खालमा थिए। चट्याङ पर्दा केही मानिसले माथिबाट हामफालेका थिए। प्रहरीले ज्यान गुमाउनेमा धेरै जसो युवा रहेको जनाएको छ।

सन् २००४ यता भारतमा चट्याङका कारण दुई हजार भन्दा बढीको मृत्यु भएको छ। राजस्थानका विभिन्न स्थानमा आइतबार नै चट्याङका कारण थप नौ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलौतले मृत्यकका परिवारलाई क्षतिपूर्ति बापत पाँच लाख रूपैयाँ दिने घोषणा गरेका छन्।

Laxmi sunrise bank
kumari

भारतको उत्तर प्रदेश राज्यमा पनि चट्याङ लागेर २८ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

प्रकाशित: Jul 12, 2021| 07:38 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।