आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा ७२ घन्टामा ४ सय ठाउँमा गोली चल्यो, १५० जनाको मृत्यु

अमेरिकामा ७२ घन्टामा ४ सय ठाउँमा गोली चल्यो, १५० जनाको मृत्यु

अमेरिकामा ७२ घण्टाको अवधिमा बन्दुकजन्य हिंसामा १ सय ५० जनाको ज्यान गएको छ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

अमेरिकामा ७२ घण्टाको अवधिमा बन्दुकजन्य हिंसामा १ सय ५० जनाको ज्यान गएको छ।

National life

अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार शुक्रबारदेखि आइतबारसम्ममा देशभर ४ सय ठाउँमा गोली चलेका छन्।

अमेरिकाका प्रमुख सहरहरूमा बन्दुक जन्य हिंसाका घटना उल्लेख्य मात्रामा बढेका छन्।

अमेरिकामा न्युयोर्कमा भएका २१ बन्दुकजन्य घटनामा २६ जनाको ज्यान गएको छ।

अघिल्लो वर्ष यही समयमा न्युयोर्कमा २५ बन्दुकजन्य घटनामा ३० जनाले ज्यान गुमाएका थिए।

अघिल्लो वर्षको तुलनामा न्यूयोर्कमा यो वर्ष बन्दुकजन्य घटनामा ४०  प्रतिशत वृद्धि भएको छ।

जुलाई ४ आइतबारका दिन मात्रै न्युयोर्कका १२ स्थानमा भएको बन्दुकजन्य हमलामा १३ जनाको ज्यान गएको थियो।

शिकागो सहरमा सप्ताहन्तमा मा ८३ जनालाई लक्षित गरी हानिएको गोलीबाट १४ जनाको ज्यान गएको छ। शिकागोमा भएको गोलीकाण्डमा ५ र छ वर्षीष बालबालिकालाई पनि गोली हानिएको छ।

गोली लागेर शिकागोका लिलिनोइस आर्मी नेशनल गार्डका दुईजना सदस्यसमेत रहेको छ। शिकागो प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ६० जनालाई पक्राउ गरेको छ।

प्रकाशित: Jul 06, 2021| 06:18 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।