इराकको दक्षिणी सहर नसीरियामा एक अस्पतालको कोरोना वार्डमा आगलागि हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ। आगलागीमा परी ७६ जना भन्दा धेरै घाइते भएका छन्।
अहिले आगो नियन्त्रणमा लिइएको छ भने राहत तथा उद्धारको कार्य जारी छ। अस्पतलालमा हराइरहेका अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। हालसम्म अस्पतालबाट १६ जनाको उद्धार गरिएको छ।
स्थानीय स्वास्थ्य अधिकारी हैदर अल जमीलीका अनुसार कोरोना वार्डमा मात्रै आगलागी भएको हो। उनका अनुसार जलेका व्यक्तिहरू सिकिस्त अवस्थामा छन् भने मृत्यु भएकाहरूको पहिचान गर्न गाह्रो भएको छ। अहिलेसम्म आगो लाग्नुको कारण खुल्न सकेको छैन।