एजेन्सी- २८ यात्रु बोकेको एक रसियन जहाज बेपत्ता भएको छ। एक बच्चासहित २८ यात्रु सवार रसियन जहाज रसियाको सुदूर पूर्वी काम्चकता पेनिन्सुलाबाट बेपत्ता भएको हो।
सन् १९८२ देखि उडान भरिरहेको एन्टोनोभ एन–२९ ट्वीनोटर टर्बोप्रोप जहाज क्षेत्रीय राजधानी पेट्रोपाभ्लोभ्सक–कामचत्स्कीबाट उत्तरी कामचत्काको पलाना सहर जाने क्रममा सम्पर्क विच्छेद भएको त्यहाँका आपतकालीन मन्त्रीले बताएका छन्।
विमानमा २२ यात्रु र ६ चालक दलका सदस्य रहेको ती मन्त्रीले बताएका छन्। विमान बेपत्ता भएपछि खोजी र उद्धार कार्य सुरु भइसकेको अधिकारीहरुले जनाएका छन्।
अलजजिराबाट