बुधबार, फागुन २७, २०८२

बिनाकसुर ११ वर्ष जेलमा बस्दा बशीरले जे भोगे

भारत श्रीनगरको रैनावारी इलाकामा बस्ने बाशीर अहमद बाबालाई २०२० मा भारतको पश्चिमी राज्य गुजरातको आतंकवादी निरोधी दस्तामा राजधानी अहमदाबादबाट गिरफ्तार गरिएको थियो।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

‘सुरुमा मलाई निकै सानो कोठामा एक्लै राखिएको थियो। त्यो समयमा मेरो शरीर त त्यहाँ थियो, तर आत्मा भने घरमै थियो। धेरै वर्षपछि मैले एक रात सपनामा बुवालाई केही मानिसले नुहाइरहेको देखेँ र म हड्बडाएर उठेँ। मेरो मुटुमा दुखाइ भइरहेको थियो। त्यसको दुई महिनापछि मेरो वकिलले मेरा बुवा संसारमा नरहेको सुनाउनुभयो। जब मैले मिति सोधेँ, मैले सपना देखेको दुई दिनपछि बुबाले प्राण त्याग्नुभएको रहेछ,’ बिनाकसुर ११ वर्ष जेल जीवन बिताएका एक युवाको भनाइ हो यो।

National life

भारत श्रीनगरको रैनावारी इलाकामा बस्ने बाशीर अहमद बाबालाई २०२० मा भारतको पश्चिमी राज्य गुजरातको आतंकवादी निरोधी दस्तामा राजधानी अहमदाबादबाट गिरफ्तार गरिएको थियो। त्यो समयमा उनी गुजरातस्थित एक स्वयंवेवी संस्था माया फाउन्डेशनको वर्कशपमा भाग लिन गएका थिए। ४३ वर्षीय बशीर बाबा विज्ञान संकायबाट मास्टर्स गरिसकेपछि श्रीनगरमा एक कम्प्युटर इन्स्टिच्युट चलाउँथे।

साथै उनी क्लेफ्ट लिप एन्ड प्लेट (जन्मजात बच्चाको ओठ तथा तालु काटिनु) भएका बिरामीका आमाबुवालाई सहयोग गर्थे। उनी माया फाउन्डेशनसँग पनि जोडिएका थिए।

बशीर भन्छन्, ‘मैले थुप्रै गाउँमा एनजीओका विशेषज्ञ डाक्टरका साथ काम गरेको छु। मलाई आगामी प्रशिक्षणका लागि गुजरात बोलाइएको थियो। जब म गुजरातको एनजीओको होस्टेलमा थिएँ, सोही समयमा गुजरात एन्टी टेररिस्ट स्क्वाडले मलाई र केही अरु कार्यकर्तालाई पक्राउ गर्‍यो। अरुलाई रिहा गरियो। तर, मलाई गुजरातको बडौदा जेलमा कैद गरियो।’

बशीरलाई विस्फोटक पदार्थ राखेको तथा भारतमा आतंकवादी गतिविधिको योजना बनाएको आरोपमा गिरफ्तार गरिएको थियो। तर, गत हप्ता उनलाई एक अदालतले सबै आरोप निराधार रहेको फैसला गरिदिएको छ।

Laxmi sunrise bank
kumari

उनी ११ वर्षपछि सफाइ पाएर घर फर्किएका छन्। तर, घरमा सबै कुरा फेरिसकेको छ। ‘हामीसँग थोरी जमिन थियो। मैले त्यही कम्युटर इन्स्टिच्युट चलाएको थिएँ। अब त्यो बिक्री भइसकेको छ। घरको आर्थिक अवस्था निकै कमजोर भइसकेको छ। म घरको जेठो सन्तान थिएँ। आमाबुबा र भाइलाई मलाई भेट्न गुजरात जानुपर्थ्यो। वकिलको फिसमै थुप्रै खर्च भयोु,’ उनले भनेका छन्।

बहिनीको बिहे र बच्चाहरूको जन्मको खबर पनि उनले पत्रको माध्यमबाट थाहा पाउँथे। पत्र ढिला गरी पुग्थ्यो र जेलमा त्यो पत्रको जाँच पनि निकै हुन्थ्यो। तर, पनि उनलाई आफू निर्दोष सावित हुने विश्वास भने कायमै थियो।

‘म सन्तुष्ट छु। अदालतले मलाई निर्दोष सावित गरिदिएको छ। तर, मेरा जीवनका महत्वपूर्ण ११ वर्ष कसले फिर्ता गर्ला?’ उनले भनेका छन्।

बशीरले जेलमा पेन्टिङ सिक्नुका साथै राजनीति, पब्लिक एडमिनिस्ट्रेशन, इन्टेलेक्चुअल प्रोपर्टी र तीन अन्य विषयमा इन्दिरा गान्धी ओपन युनिभर्सिटीमा मास्टर्स डिग्री पनि राम्रो अंक हासिल गरेका छन्। ‘मलाई पढाइ पूरा गर्न सकेकोमा निकै खुशी लागेको छ,’ उनले भने।

बशीरलाई जेल अधिकारीप्रति कुनै गुनासो छैन। उनी जेल अधिकारीबाट प्रभावित भए पनि पटकपटक ‘मेरो समय कसले फर्काउँछ’ भन्दै प्रश्न सोध्थे।

उनको गिरफ्तारिको समयमा तत्कालिन भारतीय गृह सचिव जीके पिल्लईले ‘आतंकवादी गिरोहलाई विफल गर्ने एक ठूलो उपलब्धि’ भनेका थिए।

बशीर बाबाकी आमाले भनेकी छन्, ‘मेरो बच्चाको के हालत भएको होला जेलमा? तर, मलाई विश्वास थियो उसलाई एक दिन रिहा गरिनेछ। नजिककै मस्जिदमा प्रत्येक शुक्रबार बशीरको रिहाइका लागि विशेष प्रार्थना गरिन्थ्यो।’

बशीरका भाइ नजीरले निकै दुःख गरेका छन्। बहिनीको बिहे, बुवाको उपचार, बुवाको अन्त्येस्टि, अदालतमा मेरो केस पैरवी, पटकपटक गुजरातको यात्रा अनि घरको जिम्मेवारी पनि। ‘यस्ता थुप्रै चुनौती उसले एक्लै सामना गरेको छ। यी चुनौतीको सामना गर्दागर्दै नजीरले बिहेसमेत गरेको छैन। उसले दाइलाई पत्र लेखेको थियो, दाइ हजुरको रिहाइपछि सँगै बिहे गरौंला,’ बशीरकी आमाले भनिन्। 

बीबीसी हिन्दीबाट

प्रकाशित: Jul 04, 2021| 05:40 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।