शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तुइन खोलामा खसेको सुख्खा पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक सुचारु

तुइन खोलामा खसेको सुख्खा पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक सुचारु

 |  शुक्रबार, वैशाख २५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २५, २०८३

रौतहट। मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका–५ स्थित तुइनखोला नजिकै आज बिहान खसेको सुख्खा पहिरो पन्छाएपछि सडक दुवैतर्फ सुचारु भएको छ।

National life

बिहानै माथिबाट एक्कासि ढुङ्गासहितको ठुलो पहिरो खसेपछि यो व्यस्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडकमा पहिरो थुप्रिएपछि गन्तव्यतर्फ गुडिरहेका सवारी साधनहरू बिच बाटोमै रोकिएका थिए, जसका कारण यात्रीहरूले सास्ती खेप्नुपरेको थियो।

सडक डिभिजन कार्यालय भरतपुरका साइट सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार, पहिरो जानसाथ आवश्यक हेभी इक्विपमेन्ट र मेशिनहरू परिचालन गरिएको थियो। निरन्तरको प्रयासपछि सडकमा थुप्रिएको पहिरो हटाएर आवागमन पुन: सञ्चालनमा ल्याइएको हो।

हाल सडक खुलेर सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन्। यद्यपि, सो क्षेत्रको भौगोलिक बनावटका कारण बेलाबेला सुख्खा पहिरो खस्ने जोखिम कायमै रहने हुनाले उक्त सडक खण्ड भएर यात्रा गर्ने चालक तथा यात्रीहरूलाई उच्च सावधानी अपनाउन सडक विभाग र स्थानीय प्रशासनले आग्रह गरेको छ।

प्रकाशित: May 08, 2026| 09:25 शुक्रबार, वैशाख २५, २०८३
प्रतिक्रिया दिनुहोस्