शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इरानसँगको महत्वपूर्ण सीमा क्षेत्र अफगानी तालिबानको कब्जामा

इरानसँगको महत्वपूर्ण सीमा क्षेत्र अफगानी तालिबानको कब्जामा

अफगानिस्तानको तालिबान विद्रोही संगठनले इरानसँगको महत्वपूर्ण सीमा नाका पर्ने जिल्ला कब्जामा लिएको छ।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

एजेन्सी- अफगानिस्तानको तालिबान विद्रोही संगठनले इरानसँगको महत्वपूर्ण सीमा नाका पर्ने जिल्ला कब्जामा लिएको छ। मुलुकका थुप्रै जिल्ला कब्जा गरिसकेको तालिबान समूहले यो सीमा क्षेत्र शुक्रबार कब्जा गरेको हो।

पछिल्लोपटक सार्वजनिक भएको एक भिडियो फुटेजमा तालिबानी बलले इरानसँगको सीमामा जोडिएको इस्लाम क्वालास्थित सीमा शुल्क कार्यालयको छतबाट अफगानिस्तानको झण्डा निकालिरहेको देखिन्छ।

यो सीमा शुल्क कार्यालयबाट अफगानिस्तान सरकारले मासिक झण्डै २ करोड डलर बराबरको राजस्व संकलन गर्दै आएको छ। अमेरिकाले आफ्नो सैनिक फिर्ता लिन थालेपछि तालिबान समूहले अफगानिस्तानका विभिन्न जिल्लामा तीव्र रुपमा आफ्नो नियन्त्रण जमाइरहेको छ।

तालिबान अधिकारीहरुले देशको ७५ प्रतिशत क्षेत्र नियन्त्रणमा लिइसकेको बताएका छन्। स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको यो दाबीलाई सरकारले भने अस्वीकार गर्दै आएको छ।

गत हप्ता तालिबानी समूहले इरान, ताजिकिस्तान, तुर्कमेनिस्तान, चीन र पाकिस्तानको सीमा जोडिएका जिल्लाहरु कब्जा गरिसकेको छ।

प्रकाशित: Jul 09, 2021| 12:07 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।