४१ वर्षे अमेरिकी खेलाडी कोबेको निधनपछि विश्वभरबाट विभिन्न माध्यमद्वारा उनीप्रति श्रद्धाञ्जली अर्पण गरियो । कतिपयले ‘खेल प्रेरणाका प्रतिमूर्ति’को निधन भएको टिप्पणीसमेत गरे।
अहिलेसम्म एकदिवसीय विश्वकप क्रिकेट नखेलेको नेपालले आगामी संस्करणकाे विश्वकपमा सहभागी हुने लक्ष्य लिएको छ। तर, छिमेकमै आयोजना हुने ५० ओभरको विश्वकपमा सहभागी बन्न नेपालले दुई खुड्किला उक्लिनुपर्नेछ।
लिग वान अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर नेइमारले आइतबार राति लिलविरुद्ध गरेका आफ्ना दुवै गोल हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्टलाई समर्पण गरेका छन्।
न्युजिल्याण्ड भिजिटमा रहेको भारतीय टोलीले घरेलु टोलीविरुद्ध जित निकालेको छ। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले न्युजिल्याण्डलाई ७ विकेटले हराएको हो।
भारतले न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ। भारतले शुक्रबार घरेलु टिम न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्यो।