सोमबार, चैत ९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सिरिजमा अपराजित ओमानलाई ४ अंकको अग्रता, अकिबको अब्बल प्रदर्शन

सिरिजमा अपराजित ओमानलाई ४ अंकको अग्रता, अकिबको अब्बल प्रदर्शन

ओमान काठमाडौंमा जारी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा अपराजित भएको छ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं - ओमान काठमाडौंमा जारी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा अपराजित भएको छ। आफ्नो चौथो तथा अन्तिम खेलमा अमेरिकालाई ९२ रनले पराजित गर्दै ओमान सिरिजमा शतप्रतिशत जित निकाल्ने टोली बन्यो। ओमानसँगका दुवै खेल नेपाल पनि गुमाएको थियो।

National life

आज (मंगलबार) को खेलमा ओमानले जितका लागि दिएको २ सय ७७ रनको लक्ष्य पछ्याएको अमेरिका ३९ दशमलव १ ओभरमा १ सय ८४ रनमा समेटियो। अमेरिकाका निसर्ग पटेलले ५२ तथा एरोन जोन्सले अविजित ४७ रन बनाएपनि अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन नगर्दा अमेरिका सिरिजमा लगातार तेस्रो हार ब्यहोर्न बाध्य भयो। अमेरिकाका लागि हल्याण्डले २८, मार्सलले २३ र थेरनले १२ रन बनाउनु वाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन्। अमेरिकालाई सस्तैमा समेट्ने क्रममा ओमानका विलाल खान र अकिब इलियासले समान तीन/तीन विकेट लिए। जेशन मक्शुदले दुई विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७६ रन बनाएको थियो।

ओमानाका कप्तान जिसन मक्सोद र अकिब इलियासले शतकीय पारी खेले। जिसनले १०९ बलमा १०९ रन बनाउँदा अकिबले १२३ बलमा १०५ रन बनाए। अकिबको यो सिरिजमा दोस्रो शतक हो। उनले यसअघि नेपालविरुद्ध पनि शतक प्रहार गरेका थिए। उक्त शतक उनले नेपाली क्रिकेट समर्थकलाई समर्पीत गरेका थिए।

अमेरिकाका लागि कप्तान सौरभ नेत्रवाल्कर र रस्टि थेरोनले समान ३/३ विकेट लिए।

Laxmi sunrise bank
kumari

जितसँगै ओमानले अंकतालिकामा चार अंकको अग्रता बनाएको छ। ओमानले १० खेलमा ८ जित निकाल्दै १६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको अमेरिकाको ११ खेलमा १२ अंक रहेको छ।

सिरिजको अन्तिम खेलमा बुधबार नेपालले अमेरिकासँग खेल्ने छ।

प्रकाशित: Feb 11, 2020| 17:34 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।