बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सिद्धबाबा क्षेत्रमा कारमाथि ढुंगा खस्दा दुई जना गम्भीर घाइते

सिद्धबाबा क्षेत्रमा कारमाथि ढुंगा खस्दा दुई जना गम्भीर घाइते

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

बुटवल- सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडक माथिबाट ढुंगा खस्दा कारमा सवार दुई जना घाइते भएका छन्।

मंगलबार साँझ करिब ६: ३५ बजे पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको कारमाथि अचानक ढुंगा खसेर लाग्दा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

कारमा चालकसहित तीन जना सवार थिए। घटनामा दुई जना घाइते भएका छन् भने चालक सकुशल रहेका छन्। घाइते दुवै जनालाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये बुटवल उपमहानगरपालिका–७ दिपनगरकी ३७ वर्षीया जुलन र बुटवलको जेसिज चोक बस्ने ६२ वर्षीया राधिका ढकालको अवस्था मध्यम रहेको छ।

कार चालक रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ कोलुवाका ३६ वर्षीय राजकुमार लोध सकुशल छन्।

सिद्धबाबा क्षेत्रमा सडक माथिबाट ढुंगा खस्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रकाशित: Sep 16, 2026| 08:24 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्