बुधबार, असार ३१, २०८३

पुलिसमाथि मनाङको सहज जित

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबारको खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले पराजित गरेको हो।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं - शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबारको खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले पराजित गरेको हो।

खेलको ३२ औं मिनेटमा विमल रानाको गोलमार्फत मनाङले अग्रता बनाएको थियो। त्यसको नौं मिनेट पछि नै अन्जन विष्टले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २-० को अग्रता बनाएको मनाङले दोस्रो हाफमा थप गोल गर्न सकेन भने पुलिसले पनि गोल फर्काउन नसक्दा पहिलो हाफको नतिजा नै अन्तिम बन्न पुग्यो।

पुलिसका विशाल बस्नेतले मनाङका विमल रानालाई फल गरेपछि रातो कार्ड पाएका थिए।

विभागीय टोली पुलिस क्लब १७ अंकका साथ अंक तालिकाको छैटौं स्थानमा छ। उता, मनाङले आफ्नो खातामा ३ अंक थप्दै २५ अंक पुर्‍याएको छ। मनाङले ७ खेलमा जित र चार बराबरी खेल्दै २५ अंक पुर्‍याएको हो। मनाङ तालिकाको तेस्रो स्थानमा छ।

प्रकाशित: Feb 11, 2020| 17:55 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।