बुधबार, असार ३१, २०८३

एनआरटीविरुद्ध थ्री स्टारको संघर्षपूर्ण जित

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबले न्युरोड टिम (एनआरटी)विरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबले न्युरोड टिम (एनआरटी)विरुद्ध संघर्षपूर्ण जित निकालेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सोमबार सम्पन्न दोस्रो खेलमा थ्री स्टारले एनआरटीसँग १–० को संघर्षपूर्ण जित निकालेको हो।

थ्री स्टारलाई जित दिलाउन खेलको ७७ औं मिनेटमा दिपेश घलेले गोल गरे। उनले पोस्टको दायाँ तर्फबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

खेलमा थ्री स्टारका एक र एनआरटीका तीन खेलाडीले पहेंलो कार्ग पाए। थ्री स्टारका लाल रम्भारा तथा एनआरटीका सकल रेग्मी, एरिक विष्ट र दर्शन गुरुङलाई रेफ्रीले पहेंलो कार्ड देखाए।

जितसँगै थ्री स्टार १२ खेलबाट २३ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। उसले ७ खेलमा जित र २ मा बराबरी खेल्दा ३ मा हारको सामना गरेको छ।

यसअघि २२ अंकसहित तेस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी चौथो स्थानमा झरेको छ।

मनाङले आजै हुने तेस्रो खेलमा नेपाल पुलिस क्लबसँग ३ बजे प्रतिस्पर्धा गर्दैछ। सो खेलमा मनाङले जित निकालेमा उसको २५ अंक हुनेछ। र, थ्री स्टार पुनः चौथो स्थानमा झर्ने छ।

प्रकाशित: Feb 11, 2020| 14:47 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।