काठमाडौं–‘विश्वकप क्रिकेट लिग २’को जारी त्रिकोणात्मक शृंखलामा ओमनले अमेरिकालाई २७७ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको ओमनले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २७६ रन बनायो।
ओमनलाई बलियो स्थितिमा पुर्याउन कप्तान जिसम मक्सोद र अकिब इलियासले शतकीय पारी खेले।
१०९ बलको सामना गरेका जिसमले १०० रन बनाए भने अकिबले १२३ बलमा १०९ रन जोडे।
जारी शृंखलामा अकिवले दुई शतक प्रहार गरिसकेका छन्। यसअघि उनले नेपालविरुद्ध पनि शतकीय पारी खेलेका थिए।
खेलमा अविजित रहेका सन्दिप गौडले ६ बलमा १३ रन प्रहार गरे।
अमेरिकाका लागि सौरभ नेत्राभल्कर र रस्टी थेरोनले ३–३ विकेट लिए। नेत्राभल्करले १० ओभरमा ३ मेडन राख्दै २७ रन खर्चिदा थेरोनले १० ओभरमै ६.०को इकोनोमीमा बलिङ गरे।
अमेरिकाले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ।