बुधबार, असार ३१, २०८३

सन्दीप र सुशान चम्किँदा अमेरिका ३५ रनमा समेटियो

सन्दीप लामिछाने र सुशान भारीले उत्कृष्ट बलिङ गरेपछि अमेरिका ३५ रनमा समेटिएको छ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं– सन्दीप लामिछाने र सुशान भारीले उत्कृष्ट बलिङ गरेपछि अमेरिका ३५ रनमा समेटिएको छ।

‘विश्वकप क्रिकेट लिग–२’अन्तर्गत त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा अमेरिका १२ ओभरमै ३५ रनमा अलआउट भएको हो।

टस हारेर पहिले ब्याटिङ गर्न आएकाे अमेरिकालाई कम स्कोरमा रोक्न सन्दीपले ६ तथा भारीले ४ विकेट लिए। सन्दीपले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चिए भने भारीले ३ ओभरमा १ मेडनसहित ५ रन दिए। 

अमेरिकाका लागि जेभियर मार्सलले सर्वाधिक १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपालकाे कीर्तिमान

यससँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम ओभरमै विपक्षी टिमलाई अलआउट गर्ने कीर्तिमान बनाएको छ।

यसअघि यो कीर्तिमन श्रीलंकाको नाममा थियो। श्रीलंकाले जिम्बाबेलाई १८ ओभरमा ३५ रनमा अलआउट गरेको थियो।

नेपालले केही बेरमा ब्याटिङ गर्नेछ। 

प्रकाशित: Feb 12, 2020| 10:25 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।