बुधबार, असार ३१, २०८३

बिग्रेड ब्वाइजलाई हराउँदै त्रिभुवन आर्मी पुनः शीर्षमा

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब पुनः शीर्ष स्थानमा उक्लिएको छ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब पुनः शीर्ष स्थानमा उक्लिएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा आज (मंगलबार) सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मीले बिग्रेड ब्वाइजलाई ३–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।

जितसँगै त्रिभुवन आर्मी १२ खेलबाट २९ अंक बटुल्दै अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। यसअघि समान खेलबाट २८ अंकसहित मछिन्द्र क्लब शीर्ष स्थानमा थियो। यसअघि गत सोमबार संकटालाई पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको थियो। 

त्रिभुवन आर्मीले ९ खेलमा जित र २ मा बराबरी खेल्दा १ खेलमा हारको सामना गरेको छ। समान नतिजा ल्याएको मछिन्द्रको भने गत वर्षको रेलिगेसनका कारण एक अंक घटेको हो।

त्रिभुवन आर्मीलाई जित दिलाउन भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले समान १ गोल गरे।

खेलको ५ औं मिनेटमा भरतको गोलबाट अग्रता लिएको त्रिभुवन आर्मीका लागि खेलको ५४ औं मिनेटमा विकासले दोस्रो गोल गरे। खेलको ७० औं मिनेटमा टेकबहादुरले गोल गर्दै टिमलाई ३–०ले विजयी गराए।

 

प्रकाशित: Feb 11, 2020| 10:37 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।