बुधबार, असार ३१, २०८३

अमेरिका र ओमान आज भिड्दै

‘विश्वकप क्रिकेट लिग २’ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा आज (मंगलबार) संयुक्त राज्य अमेरिकाले आज ओमानको सामना गर्दैछ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग २’ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा आज (मंगलबार) संयुक्त राज्य अमेरिकाले आज ओमानको सामना गर्दैछ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा साढे ९ बजे सुरु हुने खेलमा अमेरिका र ओमान शृंखलामा दोस्रो पटक भिड्न लागेका हुन्।

पहिलो खेलमा ओमानसँग हारेको अमेरिका आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा उक्लने दाउमा हुने छ।

अमेरिका पहिलो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो।

अमेरिकी क्रिकेट टिम।

यता तुलनात्मकरूपमा बलियो देखिएको ओमान पनि अमेरिकालाई हराउँदै शीर्षस्थानको अंकदूरी बढाउने रणनीतिमा छ।

नेपाल भ्रमणअघि लिगको अंकतालिकाको ८ अंकसहित तेस्रो स्थानमा रहेको ओमान जारी त्रिकोणात्मक शृंखलाका तीन खेलमा जित निकालेर शीर्ष स्थानमा उक्लिएको हो। शृंखलामा ओमानले दुई खेलमा नेपाललाई र एक खेलमा अमेरिकालाई पराजित गरेको हो।

लिगको अंकतालिकामा ओमान १४ अंकसहित शीर्ष स्थानमा छ। उसले जारी लिगका ९ खेलमध्ये ७ मा जित निकाल्दा २ मा मात्रै हारको सामना गरेको छ।

यता, नेपाल भ्रमणअघि १२ अंकसहित शीर्ष स्थानमा रहेको अमेरिका दोस्रो स्थानमा झरेको छ। शृंखलाअन्तर्गत अमेरिका यसअघिका दुई खेलमा पराजित भएको थियो।

अमेरिकाले लिगका १० खेलमध्ये ६ मा जित र ४ मा पराजय व्यहोरेको छ।

आजको खेलमा ओमानले जित निकालेमा उसको खातामा १६ अंक हुने छ। यस्तै, अमेरिकाले खेल जितेमा उसको ओमानसँग बराबर अंक हुनेछ । र, रनरेटका आधारमा शीर्ष स्थानमा उक्लनेछ।

प्रकाशित: Feb 11, 2020| 08:06 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।