सोमबार, चैत ९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालसँग ८ विकेटले पराजित भएपछि अमेरिकी राजदूतले भने- अमेरिकाका लागि यो खेल धेरै महत्वपूर्ण

नेपालसँग ८ विकेटले पराजित भएपछि अमेरिकी राजदूतले भने- अमेरिकाका लागि यो खेल धेरै महत्वपूर्ण

नेपालसँग अमेरिका ८ विकेटले पराजित भएपछि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकी टोलीका लागि यो खेल निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं- नेपालसँग अमेरिका ८ विकेटले पराजित भएपछि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकी टोलीका लागि यो खेल निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।

National life

आईसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेपछि राजदूत बेरीले नेपाल र अमेरिकाबीच भएको खेल महत्वपूर्ण रहेको र अमेरिकी टिमले यस्ता खेलबाट सिक्दै अघि बढ्ने बताएका हुन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘वाह गज्जबको अुनभव ! नेपालमा पहिलोपटक नेपाल र अमेरिकाका खेलाडी, कर्मचारी र अधिकारीहरुलाई भेट्न निकै उत्साहित थिएँ ।’

सिरिजको अन्तिम खेल हेर्न अमेरिकी राजदूत बेरी र दूतावासका अन्य कर्मचारी कीर्तिपुर खेल मैदानमा पुगेका थिए।

अमेरिकामाथि सानदार जितसँगै सिरिजको चार खेलमा नेपालले दुई जित निकाल्न सफल भएको छ।

Laxmi sunrise bank
kumari

ओमानसँग दुई खेलमा पराजित भएको नेपालले अमेरिकालाई दुई खेलमा पराजित गरेको हो। नेपालले पहिलो भेटमा अमेरिकालाई ३५ रनले हराएको थियो।

ओमानसँग भने नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । ओमानले चार खेल जितेको छ। दुई जितसँगै चार खेलमा ४ अंक जोडेको नेपाल पुछारबाट दोस्रो स्थानमा छ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ।

 

प्रकाशित: Feb 12, 2020| 13:22 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।