बुधबार, असार ३१, २०८३

अमेरिकी प्रशिक्षकले भने– पिच कन्डिसन फरक हुनु नै हारको कारण

कीर्तिपुरमा सम्पन्न विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृंखलामा अमेरिका जितविहीन रह्यो। यसअघिका सिरिजमा राम्रो प्रदर्शन गर्दै तालिकाको शीर्ष स्थानमा रहेकोमा यो सिरिजमा राम्रो प्रदर्शन गर्न सकेन।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं– कीर्तिपुरमा सम्पन्न विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृंखलामा अमेरिका जितविहीन रह्यो। यसअघिका सिरिजमा राम्रो प्रदर्शन गर्दै तालिकाको शीर्ष स्थानमा रहेकोमा यो सिरिजमा राम्रो प्रदर्शन गर्न सकेन।

नेपालको पिच स्लो भएका कारण जित निकाल्न नसकेको अमेरिकाका क्रिकेट कोच जेम्स पमेन्टको बुझाइ छ। उनले नेपाल र अमेरिकाको पिचको कन्डिसन फरक पर्ने भएकाले जित निकाल्न गाह्रो भएको बताएका छन्।

खेलपछि उनले भने, ‘यहाँको पिच फरक छ। हामीले खेलिरहेको पिच कन्डिसन फरक थियो। त्यो नै हाम्रो हारको मुख्य कारण बन्यो। यहाँको पिच र प्लेइङ आउटफिल्ड फरक प्रकृतिको छ। ग्राउन्ड फरक प्रकृतिको भएकाले म आलोचनाचाहिँ गर्न चाहन्न । यहाँ सबैले पिच राम्रो बनाउन प्रयास गरिरहनु भएको छ। पूर्वाधारहरु पनि विकास हुँदै छ।’

उनले युएइमा खेल्दाको अनुभव पनि सुनाए। भने, ‘पछिल्लो पटक युएईमा फास्ट बलरका लागि स्विटेबल पिच भएका कारण हामीले राम्रो गर्न सकेका थियौं।’

आजको खेलमा दोस्रो ओभरमै सबै विकेट गुमाएको अमेरिकाले १२ ओभरमै खेलको नतिजा नेपाललाई सुम्पिएको थियो।

खेलपछि अमेरिकाका कप्तान सौरभ नेत्राभल्करले भने, ‘हामीले यो अवस्थामा खेल्नका लागि धेरै कोसिस गरेका थियौं। मुम्बइमा पनि ट्रेनिङ गर्यौँ, खेल्यौं। खेलमा तीन कुरा महत्पूर्ण हुने गर्छ– प्रयोगात्मक, रणनीतिक र मानसिक पक्ष । त्यो सबै प्रयोग गर्न सकेनौँ। हामीले यो सबै कुरामा तयार हुनका लागि धेरै कुरा सिक्न बाँकी छ।’

उनले थपे, ‘खेलमा जम्नको लागि एउटा बाटो बनाउनुपर्ने हुन्छ। हामीले त्यस्तो प्रकारको रणनीति बनाउन नसक्दा चुक्यौं जस्तो लाग्छ।’

प्रकाशित: Feb 12, 2020| 16:49 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।