सोमबार, चैत ९, २०८२

साँफेबगरमा सुपकै ठूलो धनराशीको भलिबल प्रतियोगिता हुने

अछामको साँफेबगरमा सुदूरपश्चिम (सुप) प्रदेशकै ठूलो धनराशीको भलिबल प्रतियोगिता हुने भएको छ। जिपी कोईराला प्रतिष्ठान जिल्ला शाखा अछामको आयोजनामा प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

अछाम - अछामको साँफेबगरमा सुदूरपश्चिम (सुप) प्रदेशकै ठूलो धनराशीको भलिबल प्रतियोगिता हुने भएको छ। जिपी कोईराला प्रतिष्ठान जिल्ला शाखा अछामको आयोजनामा प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो।

National life

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोईरालाको स्मृतीमा प्रजातन्त्र दिवसको अवसर पारी भलिबल प्रतियोगिताको आयोजना गरिएको जिपी कोईराला प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुंगानाले जानकारी दिए। पुरस्कार राशी प्रदेशकै हालसम्मको ठूलो हुने र त्यसबारे फागुन ३ गतेको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने ढुंगानाले बताए।

प्रतियोगतामा सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्ला, पालिका, संघसंस्था, कर्मचारी तथा व्यक्तिगत रुपमा टिम दर्ता गर्न पाइने आयोजकले जनाएको छ।

प्रत्येक टिमबाट १४ जना खेलाडी सहभागी गराइने उक्त प्रतियोगितामा एक टिमले बढीमा तीन जनासम्म अन्य प्रदेशका खेलाडी पनि सहभागी गराउन पाउने प्रतिष्ठानका सचिव कृष्ण कुवँरले जानकारी दिए। विभागीय क्लबबाट नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी खेलाडी सुदूरपश्चिमको भएतापनि बाह्य तीन जनामा गनिने सचिव कुवँरले बताए।

फागुन ७ गते प्रजातन्त्र दिवसको दिनबाट सुरु हुने प्रतियोगिताले भ्रमण वर्ष २०२० लाईसमेत टेवा पुग्ने विश्वास आयोजकले लिएको छ।

प्रकाशित: Feb 11, 2020| 16:59 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।