सोमबार, चैत ९, २०८२

एकदिवसीयमा नेपालको कीर्तिमानी जित, अमेरिका १२ ओभरमै अलआउट

‘विश्वकप क्रिकेट लिग–२’अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकाविरुद्ध किर्तिमानी जित हासिल गरेको छ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग–२’अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ।

National life

कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार सम्पन्न शृंखलाको अन्तिम एकदिवसीय खेलमा नेपालले अमेरिकामाथि ८ विकेटकाे जित दर्ता गरेको हो।

नेपालले ३६ रनको लक्ष्य २ विकेटकाे क्षतिमा ५.२ ओभरमा पूरा गर्यो। नेपालका लागि पारस खड्काले २० र दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए।

त्यसअघि कप्तान ज्ञानेन्द्र मल्ल १ तथा सुवास खकुरेल शून्यमै पेवेलियन फर्केका थिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमै ३५ रनमा अलआउट भएको थियो। अमेरिकाका लागि जेभियर मार्सलले सर्वाधिक १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

Laxmi sunrise bank
kumari

अमेरिकालाई कम स्कोरमा रोक्न सन्दीप लामिछाने ६ र सुशान भारीले ४ विकेट लिएका थिए।

यससँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम ओभरमै विपक्षी टिमलाई अलआउट गर्ने कीर्तिमान बनाएको छ।

यसअघि सन् २००४ मा यो कीर्तिमान श्रीलंकाको नाममा थियो। श्रीलंकाले जिम्बाबेलाई १८ ओभरमा ३५ रनमा अलआउट गरेको थियो। जितसँगै नेपालको अंकतालिकामा ४ अंक भएको छ। नेपालले लिगका ४ खेलमध्ये २ मा जित र २ मा हारको सामना गरेको छ। 

अमेरिका भने १२ अंकसहित दोस्रो स्थानमा छ। ओमान अंकतालिकाको शीर्षमा छ। उसको १६ अंक छ। 

यसअघि शृंखलाअन्तर्गत अमेरिकासँगको पहिलो खेलमा नेपाल ३५ रनले विजयी भएको थियो। ओमनसँगका दुई खेलमा भने नेपाल पराजित भएको थियो।

शृंखला माघ २२ गते सुरु भएको हो।

प्रकाशित: Feb 12, 2020| 11:12 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।