बुधबार, असार ३१, २०८३

अमेरिकासँग अघिल्लो नतिजा दोहोर्‍याउला नेपाल?

‘विश्वकप क्रिकेट लिग २’अन्तर्गत त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा आज (बुधबार) नेपाल र अमेरिका आमनेसामने हुँदैछन्।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग २’अन्तर्गत त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा आज (बुधबार) नेपाल र अमेरिका आमनेसामने हुँदैछन्।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा यी दुई टिम शृंखलाको आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

यस्तोमा नेपाल अमेरिकासँगको अघिल्लो नतिजा दोहोर्‍याउने रणनीतिमा हुनेछ।

शृंखलाको अघिल्लो खेलमा अमेरिकालाई पराजित गरेकाले पनि नेपालको मनोबल उच्च छ। उक्त खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो।

नेपाली खेलाडी पनि अमेरिकाविरुद्ध जित निकाल्नेमा आशावादी छन्। तर, अमेरिकालाई सहजै हराउन सक्ने स्थिति छैन।

उता अमेरिका पनि आजको खेल जितेर शृंखलाको सुखद सुरुवात गर्ने दाउमा छ। गत माघ २२ गते सुरु भएको शृंखलामा अमेरिकाले तीनवटै खेलमा पराजय भोगेको छ।

यस्तो छ अंकतालिका

लिग अंकतालिकामा ओमान १६ अंकसहित शीर्ष स्थानमा छ। लिगका १० खेल खेलेको ओमानले ८ मा जित र २ मा पराजित भएको छ। ओमान जारी शृंखलामा चार वटै खेलमा विजयी भएको हो। उसले नेपाल र अमेरिकालाई दुई–दुई पटक हराएको छ।

अमेरिका भने १२ अंक बटुल्दै दोस्रो स्थानमा छ। अमेरिकाले लिगका ११ खेलमध्ये ६ मा जित र ५ मा हारको सामना गरेको छ।

यता सबैभन्दा कम ३ खेल खेलेको नेपालले भने लिगमा एक मात्रै जित निकालेको छ। उसले लिगका दुई खेलमा पराजयको सामना गरेको छ।

 

प्रकाशित: Feb 12, 2020| 08:08 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।