सोमबार, चैत ९, २०८२

‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा र जावलाखेलको बराबरी

हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लबले बराबरी खेलेसँगै सहिद स्मारक ए डिभिजन लिगको १२ औं चरणका सबै खेल सकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लब ३–३को बराबरीमा रोकिए।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं– हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लबले बराबरी खेलेसँगै सहिद स्मारक ए डिभिजन लिगको १२ औं चरणका सबै खेल सकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लब ३–३को बराबरीमा रोकिए।

National life

हिमालयन शेर्पाका लागि पाँचौं मिनेटमै स्टेफेन सामिरले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै, २६ औंं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पाको अग्रतालाई दोब्बर बनाए।

३५ औं मिनेटमा जावलाखेलका अरुण ब्लोनले रातो कार्ड पाएपछि क्लब दश खेलाडीमा समेटिएको थियो। टोलीविरुद्ध शेर्पाका विदेशी खेलाडी स्टेफेनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दा शेर्पाले पहिलो हाफमा तीन गोल बनाएको थियो।

पहिलो हाफको इन्ज्युरी समयमा जावलाखेलका कुवेर विष्टले पनि गोल गरे। शेर्पाको ३ र जावलाखेलको एक गोलसहित पहिलो हाफ सकिएको थियो।

खेलको ६० र ६९ औं मिनेटमा जावलाखेलले गोल गरेर जतिजालाई बराबरीमा ल्यायो। फोडे फोफ्फान र रुप बहादुर लामाले गोल गरेर टिमलाई बराबरीको स्थानसम्म ल्याएका थिए।

Laxmi sunrise bank
kumari

६८ औं मिनेटमा शेर्पाका निरज बस्नेतले रातो कार्ड पाए। उनले रातो कार्ड पाएसँगै दुवै टोली १० खेलाडीमा सीमित भएका थिए। यो बराबरीसँगै दुवै क्लबको अंक तालिकामा एक, एक अंक थपिएको छ। अंक बढे पनि दुवै टोलीको स्थानमा भने परिवर्तन भएको छैन।

हिमालयन शर्पा क्लब ११ अंकका साथ तालिकाको ११ औं स्थानमा छ भने जावलाखेल युथ क्लब १९ अंकका साथ पाँचौ स्थानमा छ।

प्रकाशित: Feb 12, 2020| 15:44 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।