बुधबार, कात्तिक १९, २०८२

जब दर्शक ‘युएसए... युएसए’ भनेर चिच्याइरहे

खेल हेर्न दर्शक आउने क्रम चलिरहेका बेला पहिलो इनिङ सकिएको थियो। ३६ रनको झिनो लक्ष्य पाएको नेपालले लक्ष्य भेट्टाउन दुई विकेटको मात्र क्षति बेहोर्नुपर्‍याे।
 |  बुधबार, माघ २९, २०७६

विनय सापकोटा

विनय सापकोटा

बुधबार, माघ २९, २०७६

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज सकिएको छ।

Kumaribank

नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गरेको सिरिजको अन्तिम खेलमा भिडेका थिए नेपाल र अमेरिका। सिरिजको अन्तिम खेल यति फटाफट सकियो कतिपय दर्शक भर्खर मैदान छिर्दै थिए। ५० ओभरको खेल दुई–चार घण्टा त पक्कै चल्ला भनेर केही ढिलो गरी मैदान छिरेका दर्शकले खेल हेर्नै पाएनन्।

खेल हेर्न दर्शक आउने क्रम चलिरहँदा नै पहिलो इनिङ सकिएको थियो। खेलाडी फुत्त मैदान छिर्थे, केहीबेरमै पवेलियन फर्किहाल्थे।

३६ रनको झिनो लक्ष्य पाएको नेपालले लक्ष्य भेट्टाउन दुई विकेटको मात्र क्षति बेहोर्नुपर्‍यो। शृंखलाको अन्तिम खेल एक दिवसीय त के, टी–ट्वान्टी जस्तो पनि भएन।

खेल सुरु हुनु अघि नै पुगेका दर्शकले भने १२ ओभरमै १० विकेट झरेको रोमाञ्चक खेलको मजा लिन पाए। 

Metro Mart

खेल निर्धारित समय ९ः३० बजे सुरु भयो र ११ः१० मा सकियो। अर्थात् एक घण्टा ४० मिनेटमै एक दिवसीय खेल सकियो। यसमा इनिङ ब्रेक पनि समावेश छ।

खेल चलिरहँदा कसैले पनि सम्हालिने अवसर नै पाएनन्– न खेलाडीले, न दर्शकले । सञ्चारकर्मीलाई पनि समाचार अपडेट गर्न भ्याईनभ्याई भयो। खेलाडी मैदानमा प्रवेश गर्नेबित्तिकै आउट हुन्थे। दोस्रो ओभरमा पहिलो विकेट गुमाएको अमेरिकाले दोस्रो विकेट सातौं ओभरसम्म टिकाएको थियो। तर, त्यसपछि सम्हालिनै सकेन।

सन्दिप लामिछाने र सुशन भारी पालैपालो बलिङमा आए र भटाभट विकेट गिराए। एक विकेट गयो भनेर हुटिङ गर्दागर्दै अर्को विकेट गिरिसकेको हुन्थ्यो ।

एक दिवसीयमा नेपालले पाएको यो विश्वकै सानो लक्ष्य हो। तर, एक दिवसयमा सबैभन्दा कम रनमा आउट भएको भने यो दोस्रो पटक हो। पहिलो पटक ३६ रनको लक्ष्य जिम्बाव्वेले श्रीलंकालाई दिएको थियो। नेपालले दोस्रो पटक पायो।

तर, सो खेलमा जिम्बावे १८ ओभरमा आउट भएको थियो भने आज अमेरिकाले १२ ओभरमा सबै विकेट सुम्पन पुग्यो। १२ ओभरमै सकिएको पहिलो खेल भएको थियो आजको एक दिवसीय क्रिकेट।

तेस्रो ओभरको दोस्रो बलमा नेपालका पूर्वकप्तान पारस खड्काले चौका हिर्काए। खेलमा उनको त्यो पहिलो चौका थियो। तर उनको चौकामा दर्शकले ‘पारस हाईहाई’ भनेनन्। उनीहरु त ‘युएसए...... युएसए’ भनेर पो चिच्याइरहेका थिए।

नेपाललाई समर्थन गर्न मैदान छिरेका दर्शकले नेपाल र युएसएबीच तीब्र प्रतिस्पर्धा हुने अनुमान गरेका थिए। तर,  नेपालले जित्ने निश्चित भएपछि दर्शकले अमेरिकाको लागि 'सान्त्वना हुटिङ' गरे। यसरी सान्त्वना दिएका दर्शकलाई अमेरिकाले उपहार दिन छुटाएन। खेलको अन्त्यमा अमेरिकी खेलाडी रोस्टी थेरोनले जर्सी उपहार दिए।

खेल हेर्न आउनेमा धेरैजसो विद्यार्थी नै थिए। कतिपय त कलेज सकिएपछि खेल हेर्न आएका थिए। खेल लामो चल्ला भनेर ढिलो गरी आएका दर्शक एकैछिनमा सकिएपछि निराश पनि देखिए । कतिपय भने टिकटको पैसा फिर्ता मागिरहेका थिए ।

नेपाल र अमेरिकाको खेल हेर्न नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि मैदान आएका थिए। उनले नेपाली र अमेरिकी खलाडीसँग फोटोसमेत खिचाए।

खेलपछि राजदूत बेरीले अमेरिकी टोलीका लागि यो खेल निकै महत्वपूर्ण रहेको ट्विट गरेका थिए। अमेरिकी टिमले यस्ता खेलबाट सिक्दै अघि बढ्ने उनले बताएका छन्। ट्विटरमा उनले लेखेका छन्, ‘वाह गज्जबको अुनभव १ नेपालमा पहिलोपटक नेपाल र अमेरिकाका खेलाडी, कर्मचारी र अधिकारीहरुलाई भेट्न निकै उत्साहित थिएँ।’

प्रकाशित: Feb 12, 2020| 16:33 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।