बुधबार, असार ३१, २०८३

एकदिवसीय सिरिज 'क्लिन स्विप' गर्दै न्यूजिल्याण्डले लियो बदला

भारतविरुद्धको एकदिवसीय सिरिज न्यूजिल्याण्डले क्लिन स्विप गरेको छ। तीन एकदिवसीय खेलको सिरिजमा न्यूजिल्याण्ड तीन खेलमै विजयी भएको छ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं - भारतविरुद्धको एकदिवसीय सिरिज न्यूजिल्याण्डले क्लिन स्विप गरेको छ। तीन एकदिवसीय खेलको सिरिजमा न्यूजिल्याण्ड तीन खेलमै विजयी भएको छ। सिरिजको अन्तिम खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले टी-ट्वान्टी सिरिजमा ५-० ले ब्यहोरेको हारको बदलासमेत लिएको छ।

अन्तिम एकदिवसीयमा भारतले दिएको २ सय ९७ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले उक्त लक्ष्य ४७ दशमलव १ ओभरमा ५ विकेटको क्षतीमा भेट्टायो। न्यूजिल्याण्डका हेनरी निकोलसले सर्वाधिक ८० रन बनाए। यस्तै मार्टीन गप्टीलले ६६ तथा कोलिन डी ग्रयाण्डहोमले ५८ रनको अविजित पारी खेल्दै टोलीलाई जित दिलाए। न्यूजिल्याण्डका टम लाथमले पनि अविजित रहँदै ३२ रन बनाए। भारतका युजवेन्द्र चाहलले तीन विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले केएल राहुलको शतकमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९६ रन बनाएको थियो। केएल राहुलले १ सय १३ बलमा १ सय १२ बनाए। यस्तै श्रेयस अएरले ६२, मनिष पाण्डेले ४२ तथा पृथ्वि साहले ४० रन बनाए। कप्तान कोहली भने ९ रनमा आउट भए। न्यूजिल्याण्डका हमिश बेनेटले चार विकेट लिए।

खेलको म्यान अफ द म्याच हेनरी निकोलस भए भने प्लेयर अफ द सिरिज रोस टेलर भए।

प्रकाशित: Feb 11, 2020| 16:12 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।