बुधबार, असार ३१, २०८३

पेलेको स्वास्थ्य अवस्था बिग्रँदाे, घरबाहिर हिँड्न सक्दैनन्

ब्राजिलका विश्व प्रख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। उनी घरबाहिर हिँड्न नसक्ने भएका छन्।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

ब्राजिल– ब्राजिलका विश्व प्रख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। उनी घरबाहिर हिँडडुल गर्न नसक्ने भएका छन्।

७९ वर्षीय पेले बिनासहायता घरबाहिर हिँड्न नसक्ने छोरा एडिन्हो बताउँछन्।

“कल्पना गर्नुस् त, कुनै दिन उहाँ फुटबलको राजा हुनुहुन्थ्यो, उहाँ जहिले पनि खेलमा प्रभावशाली बन्नुहुन्थ्यो। तर, उहाँ आज हिँड्न सकिरहनुभएको छैन,” पेलेका छोरा एडिन्होले भने।

हिपको शल्यक्रियापछि उनी थलिएको छोरा एडिन्हो बताउँछन्।

“उहाँ कमजोर हुनुहन्छ। हिप प्रतिस्थापन गरिएपछि उहाँलाई हिँडडुलमा समस्या भएको हो। जसकारण उहाँलाई एक प्रकारको डिप्रेसन पैदा भएको छ,” एडिन्हाले भने।

एडिन्हाका अनुसार पेले ह्विलचियरबिना हिँड्न सक्दैनन्। पछिल्लो समय केही कार्यक्रममा समेत उनी ह्विलचियरमै देखिएका थिए। पछिल्लो समय त उनले कार्यक्रममा जानसमेत छाडेका छन्।

“उहाँ हैरान हुनुभएको छ। बाहिर जान चाहनुहुन्न। घरबाट बाहिर जानुपर्ने काम केही पनि गर्न रुचाउनुहुन्न,” एडिन्हाले भने।

पेलेको सन् २०१५ मा प्रोटेस्टको शल्यक्रिया गरिएको थियो।

पिसाबको समस्याका कारण गत वर्ष पनि उनलाई अस्पताल भर्ना गरिएको थियो।

ब्राजिललाई तीन पटक विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पेले विश्वका सर्वकालीन उत्कृष्ट खेलाडी मानिन्छन्। ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा पेले टिमका मुख्य सदस्य थिए।

पेलेले आफ्नो २१ वर्षीय करिअरमा १३६३ खेलबाट १२८१ गोल गर्दै विश्व रेकर्ड राखेका छन्। उनले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।

प्रकाशित: Feb 11, 2020| 12:48 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।