चेल्सीको स्ट्याम्फर्ड ब्रिज रंगशालामा आज बुधबार राति पौने १ बजे स्पेनिस क्बल रियल मड्रिड र घरेलु क्लब चेल्सीले च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लेगको सेमिफाइनल खेल्दैछन्।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत मंगलबार सम्पन्न खेलमा काठमाडौं रेजर्सले बुटवल लुम्बिनीविरुद्ध जित निकालेको छ। सुरुवातदेखि नै आक्रामक खेलेको काठमाडौंले अपराजित बुटवललाई १–० गोलले हराएको हो।
जारी नेपाल सुपर लिग (एनएसएल)मा अपराजित यात्रा कायम राख्ने एकमात्र टिम हो बुटवल लुम्बिनी। उसले आजको खेलमा उपाधि दावेदार मानिएको काठमाडौं रेजर्सको सामना गर्दैछ।
अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो।
वेल्सम्यान ग्यारेथ बेलले आइतबार राति ह्याट्रिक गरेसँगै प्रिमियर लिगको विभिन्न खेलमा ५१ गोल गरेका छन्। उनले गएरातिको खेलमा पनि ह्याट्रिक गर्दै शेफिल्ड युनाइटेडविरुद्ध टोटेनहम हट्स्परलाई जित दिलाएका थिए।